शकुन्तला प्रजापती वरिष्ठ अस्पताल नर्सिङ प्रशासकमा बढुवा

फाइल तस्विर
अ +
अ -
शकुन्तला प्रजापती प्रमुख अस्पताल नर्सिङ प्रशासकमा बढुवा हुनुभएको छ । प्रजापति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा वरिष्ठ अस्पताल नर्सिङ प्रशासकको रुपमा कार्यरत हुनुन्थ्यो ।
लोक सेवा आयोगले गत आइतबार लिएको अन्तर्वार्ता र त्यसअघिको लिखित परीक्षामा आएको अंकको आधारमा उहाँलाई एघारौँ तहमा बढुवा गरेको जनाएको छ ।
आन्तरिक प्रतिस्पर्धाबाट गरिएको प्रतिस्पर्धामा अन्तर्वार्ताको चरणसम्म दुई जना पुग्नुभएको थियो ।
प्रतिस्पर्धामा रहनुभएकी रिना श्रेष्ठ बैकल्पिक सूचीमा पर्नुभएको छ ।
तपाईँको अभिमत