गोनानको स्थापना दिवसमा नर्सहरुको पाठेघरको मुखको क्यान्सरको जाँच
सरकारी सेवामा आवद्ध नर्सहरुको संघ गोनानले आफ्नो स्थापना दिवसको अवसरमा काठमाडौं उपत्यकाका सरकारी अस्पतालहरुमा कार्यरत नर्सको पाठेघरको मुखको क्यान्सरको जाँच शिविरको आयोजना गरेको छ ।
नर्सहरुको स्वास्थ्य र सुरक्षा सबैको सरोकार, गुणस्तरीय नर्सि सेवा जनताको अधिकार भन्ने मुल नाराका साथ भक्तपुर क्यान्सर अस्पतालको सहकार्यमा आयोजना गरिएको शिविरमा २५६ जनाको जाँच गराएको गोनानकी कोषाध्यक्ष प्रमिला थकालीले जानकारी दिनभुभयो ।
उहाँका अनुसार सरकारी अस्पतालमा कार्यरत ३० वर्षभन्दा माथिका विवाहित नर्सहरुको पाठेघरको मुखको क्यान्सरको जाँच गराएका थिए । वीर अस्पताल, कान्ती बाल अस्पताल, मानसिक अस्पताल पाटन,थापाथली, नरदेवी आयुर्वेद अस्पताल, टेकु अस्पताल,भक्तपुर क्यान्सर अस्पताल, शिभिल अस्पतालमा कार्यरत नर्सहरुको जाँच गरिएको थियो ।
४ वर्ष अगाडि सरकारी सेवामा कार्यरत नर्सहरुको हक हितका लागि भन्दै संघको स्थापना भएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत