स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नर्स निशा मेहता
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा निशा मेहता नियुक्त हुनुभएको छ । नर्सिङ क्षेत्रबाट स्वास्थ्य मन्त्री बन्नु भएकी उहाँ पहिलो व्यक्ति हुनुहुन्छ ।
पेशागत रूपमा नर्स रहनुभएकी मेहता स्वास्थ्य सेवामा सक्रिय रहँदै राजनीतिक यात्रामा अघि बढ्नुभएको छ ।
इनरुवाकी मेहता पेशागत रूपमा नर्स हुनुन्छ । स्वास्थ्य सेवामा सक्रिय रहँदै उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्थापनाकालदेखि नै साधारण सदस्यका रूपमा आबद्ध हुनुन्थ्यो। अघिल्लो निर्वाचनमा पार्टीले उहाँलाई समानुपातिक सूचीमा राखे पनि सांसद बन्न सक्नु भएको थिएन ।
३८ वर्षकी निशाले भारतको ग्वालियरस्थित विश्वविद्यालयबाट नर्सिङमा स्नातकोत्तर गर्नुभएको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्लिनिकल नर्सका रूपमा करिब तीन वर्ष काम गर्नुभएको थियो । विराटनगरस्थित विराट मेडिकल कलेजमा नर्सिङ, विषय अध्यापन गर्दै उहाँ लेक्चररका रूपमा कार्यरत हुनुन्थ्यो ।
हेल्थपाटी
तपाईँको अभिमत