जब भोजनमा विष पर्छ
वैज्ञानिक रोबर्ट कार्लसनले सन् १९६२ मा अमेरिकामा एक किताब प्रकाशित गरिन् । जसको नाम मौन मृत (SILENT Spring) थियो । उनले यो किताबमा कसरी विभिन्न रसायनले मानव स्वास्थ्य र वातावरण्माा गम्भीर असर पर्छ देखाएकी थिइन् ।
यो किताबले अमेरिकामा सनसनी मच्चायो र अमेरिकाका तत्कालीन राष्ट्रपतिले डीडीटी(औषधि) प्रयोग गर्न प्रतिबन्ध लगाए । नेपालमा भने डीडीटी औलो उल्मुलन गर्न तराईमा धेरै प्रयोग गरियो । त्यसले मानव स्वास्थ्यमा वा त्यहाँको वातावरणमा के असर पार्छ वा पार्यो भनेर कहिले पनि अनुसन्धान गरिएन । सन् २०००मा मात्र डि.डी. टी नेपालमा पैतिबन्धित भयो ।
केही साताअघि नेपलामा एक कार्यक्रम भाग लिन आएकी डा. बन्दना शिवासँग मेरो भेट भयो र उनले मलाई हाम्रो भोजनमा विष भन्ने किताब उपहार दिइन् । त्यो किताब पढ्दै थिएँ । नेपालमा विषादीको प्रयोग घटाउन सरकारले साताव्यापी कार्यक्रम सञ्चालन गरेको समाचारतर्फ ध्यान गयो ।
मानव स्वास्थ्यलाई हानीग र्ने विषादीको प्रयोग घटाउँदै लैजान कार्यक्रम नेपाल सरकारले १५ वर्ष पहिले देखि सञ्चालन गर्दै आएको थियो । तर विषादीको प्रयोग त झन्–झन् बढ्दै गइरहेको छ ।
२०७४ पुष २० गतेको समाचार अनुसार नेपालमा एक वर्षमा ५ लाख ७ हजार किलो विषादी प्रयोग हँुदो रहेछ । नेपालमा तरकारी, खाद्यान बाली तथा फलफूलमा जथाभावी तरिकाले
विषादी प्रयोग गर्ने गरेको पाइन्छ । एक किसानमहिलालाई तरकारीमा विषदी प्रयोग गर्न हुन्छ त ? भनेर एक पत्रकारले सोद्धा उनले भनेकी थिइन् ‘आफूले खानका लागि छुटाएको तरकारीमा चाँही विषादी हाल्दिन । बजारमा बेच्नका लागि रोपेको तरकारी चाँही हाल्छु ।’ बिचरी उनलाई यो थाहा थिएन कि उनले अरुका लागि प्रयोग विषादीले उनलाई कतिहानि पुर्याउँछ । उनलाई यो पनि थाहा रहनेछ कि विषदी माटोमा परेपछि उनको तरकारीमा पनि जान्छ । सरकारले गठन गरेको किसान पाठशालामा खर्चेको करोडौं रकमले ती महिललाई सानो जानकारी पनि दिन सकेन ।
डा. वन्दना शिवाले हाम्रो भोजनमा विष नामक किताबमा भारत र दक्षिाण एसियाका कृषकहरुले जथाभावी विषादी प्रयोग गर्दा मानव स्वास्थ्यमा परेको समस्या उजागर गरेकी छिन् ।
भारतमा विभिन्न ठाँउमा गरिएका अनुसन्धानले के देखायो भने गर्भमा रहेको भुण्रमासमेत यस्ता विषादीको प्रयोगले नराम्रो असर पार्दाेरहेछ । विषादीको प्रयोगले गर्दा अपांगता भएर जन्मिएका बच्चाको फोटो हेर्दा मन दुख्छ र प्रश्न उठिरहन्छ के नेपालमा पनि घटना भएका छन् ?
उनले यस किताबमा लेखेअनुसार शरीरका विभिन्न अगं प्रत्यङ्गमा हानीकारका विषदीले क्यान्सर उत्पन्न गराउन सक्छन् । ती किसानहरु जसले जथाभावी विषादी खेत बारीमा छर्छन् उनीहरुको स्वास्थ्यमा पनि कति नराम्रो असर पर्दोरहेछ भनेर उनले भारतको केरलामा काजु उत्पादन हुने ठाउँको एक दुखद उदाहरण दिएकी छिन् ।
वैज्ञानिक भएको नाताले डा. वन्दना शिवले कसरी विभिन्न विषादीले तत्कालीन र दुरगामी असर पार्न सक्छ भनेर राम्रोसँग विश्लेषण गरेकी छिन् । उनले युरोप र अमेरिकामा हानिकारक भनेर प्रयोग गर्न रोकिएका विषादी भारतमा चाँही प्रयोग भइरहेको जानकारी दिएकी छिन् । यसले कसरी वातावरणमा नकारात्मक प्रभाव पारेर भविष्यको पुस्तालाई समेत अस्वस्थ बनाउन सक्छ भनेर लेखेकी छिन् ।
खेतमा हालिएको विषादी बगेर नदी, खोला र तलाउमा जान्छन् । त्यो पानीमा रहेका जीव र त्यो पानी प्रयोग गर्ने समुदायलाई पनि कसरी असर पर्छ भनेर उनले पुस्तकमा उदाहरण दिएकी छिन् ।
भारतमा जस्तै नेपालमा पनि विषादीहरु यसरी नै पानीमा फैलिएका छन् । त्यसले वातावरण र मानव स्वास्थ्यमा कति असर पारेका छन्, त्यसको लेखाजोखा भएको देखिँदैन ।
विषादी प्रयोग गरिएका तरकारी खाँदा तत्कालै असर देखिँदैन । तर छिटो पाकोस भनेर विषादी मिसाएको आँप, खरवुजा, केरा आदि खाँदा चाँही वान्ता हुने, पातलो दिसा लाग्ने पेट दुख्ने खुटा बाउडिने, शरीर गल्ने आदि समस्या हुन सक्छन् ।
तर कतिजनालाई त फलफूलमा रहेको विषादीले यस्तो असर पुर्याएको हो भन्ने पनि थाहा हुँदैन । तर जेठ, असारमा पाक्ने आँपको स्वाद बैशाखमै चाख्न मन लाग्ने मानिसलाई चाँही व्यापारीले विषादी हालेरै बजारमा उपलब्ध गराइरहेका हुन्छन् र समस्या उत्पन्न हुन्छ ।विषदीको प्रयोगले गर्दा हुने दीर्घकालीन समस्या थाहा पाएपछि त जथाभावी विषादीको प्रोग रोक्नु पर्ने हो ।
तर प्राय सरकारहरु बढी मुनाफा कमाउने व्यपारीहरुको खेलौना बनेको हुन्छन् । विषादीको प्रयोग गरेर बढी फलाउने र बढी कमाउने इच्छा राख्ने व्यपारीलाई सरकारले रोक्न नसक्ने रहेछ भन्छिन् डा. वन्दना शिवा ।
तर त्यस्ता व्यपारीहरुले शायद यो विचार गर्दैनन् कि यसरी विषादी प्रयोग गर्दा वातावरणमा जान्छ । उनी र उनको परिवारका सदस्यलाई पनि यसले उत्तिकै हानी पुर्याइरहेको बारे उनीहरु व्यवास्ता गरिरहेका हुन्छन् ।
यस पुस्तकमा देखाइएको छ, कसरी विषादीले महिला र पुरुषमा बाँझोपन लगाउँछ ? गर्भपतन हुने अपांगता भएका बच्चा जन्मिन सक्छ । दृष्टिमा समस्या भएर आँखा नै देख्न नसक्ने मृगौलामा विभिन्न समस्या हुने त छँदैछ । केरलाको नदीमा विभिन्न ठाउँमा परीक्षण गरिएको माटोमा समेत विषादीको अवरोध भेटिए । अनि ती ठाउँका बच्चाहरुमा सुस्त मनस्थिति, जन्मिँदै अपांगता, ढिलो रुपमा शारीरिक वृद्धि हुने आदि समस्या समेत देखिएको उल्लेख गरिएको छ । यस्तो अध्ययन पछि इन्डोसुल्फान विषादीले मानव शारीरिभित्रको हर्माेनलाई असर गरेर भविष्यको पुस्तालाई समेत असर पार्ने र वातावारण समेत नष्ट गर्ने हुनाले यस्ता विषादीमा बन्देज लगाउनु पर्छ भनेर माग गरिएको छ ।
तर अपशोच भारत सरकारले वैज्ञानिक र चिकित्सकहरुको विचारलाई खासै महत्व दिएन र केरलाको अपांगता भएर जन्मिएका बच्चाहरुको कारण इन्डोइन्डो सुल्फान विषादीको हो भनेर स्वीकार गरेन । पछिल्ला ११ वर्ष अघिदेखि अमेरिका, दक्षिण कोरिया, अष्ट्रेलिया न्यूजिल्याण्ड, जापन जसता देशमा इन्डोसुल्फान प्रयोग गैरकानुनी गैर कानुनी घोषित गरिएको छ ।
तर भारत सरकाले अझै यस विषादीलाई प्रयोग गर्न छुट दिइरहेको छ । यसमा वैज्ञानिकहरु चिन्तित छन् कि यसले गर्दा भविष्य ठूला दुर्घटना निश्चित छ । यस पुस्तकमा दिइएका विभिन्न घटनाहरु पढ्दा मनमा अत्यास लाग्छ कसरी हामीहरु विषादी खान्छौँ । विषादीमा सास फेर्छौँ विषादी छालामा टाँस्छौं र अनेक रोगको शिकार बन्छौँ ।
विभिन्न विषादीहरुका कारण महिलाहरुको शरीरमा पाइने ओस्ट्रेजोनको मात्र बढ्न जान्छ । यसले गर्दा स्तनक्यान्सर हुने सम्भावना बढ्न सक्छ । वैज्ञानिक डा. बन्दना शिवा चिकत्सिक डा. मिरा शिवा र डा. वैभव शिन्हाले धेरै नै अध्ययन र अनुसन्धान गरेर उक्त पुस्तक लेखेका छन् । यो पुस्तकले विषादीको प्रयोग निरुत्साहित गर्छ ।
विभिन्न विषादीले गर्दा मानव शरीरमा ओस्ट्रेजोनको नामक हर्माेनिको मात्र बढ्न गएको तथ्य यस किताबमा देखाइएको छ यो । यो हर्माेनले महिलाको शरीरिमा प्रजनन अंग सुचारु रुपमा परिचालन गर्छ ।
डा. अरुणा उप्रेती
तपाईँको अभिमत