नर्सकाे मागप्रति नर्सिङ संघकाे गम्भीर ध्यानाकर्षण (विज्ञप्तिसहित)
काठमाडौं । नर्सिङ शिक्षा र सेवा दुवै क्षेत्रमा नर्सहरु पीडित रहेको भन्दै केहि नर्सहरुले बुझाएको ज्ञापनपत्रप्रति आफ्नो ध्यानाकर्षण भएको नेपाल नर्सिङ संघले जनाएको छ । संघले विज्ञप्ति निकालेर नर्सहरुले राखेका मागका सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै नर्सहरुले राखेका अधिकांश मागहरु यस संघले विगतदेखि निरन्तर उठाउँदै आएको स्पष्ट पारेको छ ।
सरकारी, निजि, गैरसरकारी अस्पतालहरुमा नर्सहरुको करार, बेतलवी विदा र तलव सुविधा कट्टा, बीमा सुविधा, चिकित्सा शिक्षा अध्ययन संस्थानमा वि.एन. अध्ययन विदामा देखिएको समस्या समाधानका लागि उल्लेखनीय पहल गर्दै आएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेपाली जनताको स्वास्थ्य सेवामा अहोरात्र खटिरहेकाे भन्दै अग्रमोर्चाका नर्सलाई संघले उच्च सम्मान गर्दै सम्पूर्ण नर्सहरुको लागि आवश्यक सेवा सुविधा उपलब्ध गराउन सरकारसँग पहल गरिरहेको जानकारी गराएको छ ।
हेनुहोस् विज्ञप्ति :
तपाईँको अभिमत