राहत र उद्धारमा हातेमालो गर्न प्रधानमन्त्री प्रचण्डको अपील
अ +
अ -
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्प पीडितको राहत र उद्धारमा सहकार्य र हातेमालो गर्न अपील गर्नुभएको छ ।
भूकम्प प्रभावित जिल्लाको निरीक्षणमा रहनुभएका प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज लगायत सबैमा राहत र उद्धारका लागि अपील गर्नुभएको हो ।
उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ ‘हिजो राति गएको विनासकारी भूकम्पको क्षति बुझ्न, पीडितका पीडा र अनुभूतिहरू सुन्न, घाइतेहरूको उद्दार र पीडितको राहतका निम्ति प्रभावित क्षेत्रमा छु। पीडितलाई राहत र पुनर्स्थापना एवं घाइतेहरूको उपचारका लागि सरकार गम्भीर रहेको जानकारी गराउँदै यस कार्यमा सहकार्य र हातेमालोका लागि सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज लगायत सबैमा हार्दिक अपील गर्दछु।’
हेल्थपाटी
तपाईँको अभिमत