सरकारले भूकम्पमा घाइते भएकाहरुको उपचार निशुल्क गर्ने
अ +
अ -
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले जाजरकोट र रुकुममा भूकम्पमा परेर घाइते भएकाहरुको उपचार सरकारले निशुल्क गर्ने बताउनुभएको छ ।
शनिबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै स्वास्थ्य मन्त्री बस्नेतले घाइतेहरुको उपचारका लागि स्वास्थ्यकर्मीहरुको टोली घटनास्थल पठाइसकिएको जानकारी दिँदै आवश्यकता अनुसार थप उपचारका लागि औषधि सहित चिकित्सकको टोली तयारी अवस्थामा राखिएको बताउनुभयो ।
मन्त्री बस्नेतले ‘त्यहीँ उपचार गर्नु पर्ने घाइतेहरुको उपचार त्यहीँ गरिने र त्यहाँ उपचार संभव नहुनेलाई हेलिकोप्टरबाट भए पनि सुविधासम्पन्न अस्पताल ल्याएर उपचार गरिने बताउनुभएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत