गर्भावस्थाको मधुमेह कति जोखिम ? (भिडियो)
गर्भावस्थामा महिलालाई देखिने ‘मधुमेह’को समस्यालाई ‘जेस्टेशनल डायबिटिज’ भनिन्छ। जेस्टेशनल डायबिटिज हुनुको विभिन्न कारणहरू छन्।
उमेर ३५ वर्ष माथि हुनु, मोटापन, पहिलेदेखि रक्तचाप भएको र गर्भ खेर गएका महिलामा जेस्टेशनल डायबिटिज हुने जोखिम बढी रहने स्त्रीरोग विशेषज्ञ डा.पबनकुमार शर्माले बताउनुभयो।
कतिपय महिलाहरूमा गर्भरहेपछि मधुमेहको समस्या देखिन्छ। गर्भावस्थामा देखिने मधुमेह, गर्भकै कारण विकास भएको हुन्छ। गर्भावस्थामा देखिएको मधुमेहले आमा र शिशु दुबैलाई जोखिम बढाउने भएकाले गर्भ रहने बित्तिकै स्क्रिनिङ गर्नपर्ने उहाँले बताउनुभयो।
उहाँका अनुसार गर्भावस्थामा देखिने मधुमेह दुई किसिमको हुन्छ । एक, पहिले नै मधुमेह भएको र दोस्रो, गर्भावस्थामा हुने। सामन्यत गर्भरहेको २० हप्तापछि मधुमेह देखिन्छ र शिशु जन्मिसकेपछि यो आफै निको हुने उहाँ बताउनुहुन्छ ।
गर्भावस्थामा शरीरमा ग्लुकोजको मात्रा धेरै उत्पादन हुने भएकाले गर्भावस्थामा मधुमेहको जोखिम धेरै रहने उहाँले बताउनुभयो।
– ३५ वर्ष माथिका, मोटापन, पहिलेदेखि रक्तचाप भएको र गर्भ खेर गएका महिलामा मधुमेहको जोखिन हुनसक्छ।
उहाँका अनुसार जुन महिलालाई गर्भावस्थामा मधुमेह हुन्छ, उनीहरुलाई त्यसपछिका दिनहरुमा मधुमेह फेरि देखिने खतरा रहन्छ। गर्भले मधुमेहको जोखिम बढाउँछ भनेर स्क्रिनिङ गराउने क्रम बढेको छ। मधुमेहले गर्भावस्थामा रक्तचापको समस्या पनि सृजना गर्नसक्छ। सो अवस्थामा आमा बेहोस हुनसक्छ र गर्भखेर जाने जस्ता समस्या देखिन्छ।
यदि गर्भ रहनुभन्दा अगाडिनै आमालाई मधुमेह छ भने शिशुमा समस्या देखिन सक्छ। मधुमेह भएका आमाबाट जन्मिएका शिशुमा भविष्यमा रोग १२ हप्तामा साधारण अवस्थामा आउँछ तर भविष्यमा जोखिम उत्तिकै रहन्छ।
आमाले खाएको खानेकुरा सालमार्फत गर्भमा रहेको भ्रुणमा जान्छ। गर्भावस्थामा हर्मोनले इन्सुलिन बढाउँछ। महिलालाई मधुमेहको जोखिम छ की छैन भनेर पुरा हिष्ट्री लिनपर्ने र डाइबेटिक स्क्रनिङ गराउनपर्ने सुझाव उहाँको छ।
हर्मोनले आमाको आन्द्राको क्रियाकलापमा सुस्तपना ल्याउँछ। रगत र हर्माेनले सुगरलाई उच्च बनाउन खोज्छ। शिशुले बढी खान पाओस् भनेर प्रकृतिले नै आमाको शरीरमा चिनीको मात्रा बढाउँदा मधुमेह देखिने होकी भन्ने तर्क गर्नुभयो।
गर्भावस्थामा देखिने मधुमेहबारे स्त्रीरोग विशेषज्ञ डा.पबनकुमार शर्मासँग गरिएको कुराकानी भिडियोमा हेर्नसक्नुहुन्छ ।
तपाईँको अभिमत