सांसद मन्त्रीले दशैं भत्ता पाए, स्वास्थ्यकर्मीले जोखिमभत्ता पाएनन्
काठमाडौं । कोरोना संक्रमणको महाकारीका कारण देशको अर्थतन्त्र पनि ठूलो संकटमा परिरहेको छ । यसैबीच उठेको राजस्श्वबाट सरकारका नियमति खर्च धान्न पनि मुस्किल परिरहेको छ । राज्यको खर्च कोरोना महामारी रोकथाम र नियन्त्रण केन्द्रीत गर्नु परिरहेको छ।
कोरोना महामारीका कारण नेपालमै पनि लाखौंले रोगजार गुमाएका छन् । अधिकांश व्यवसाय डामाडोल अवस्थामा छन् । यस्तो अवस्थामा सांसद तथा मन्त्रीहरुलाई भने साविककै जस्तो दशैं भत्ता लिएका छन् । यस्तो महामारीकाबीच खटिएका थुप्रै स्वास्थ्यकर्मीहरुले अझै पनि जोखिम भत्ता पाउन सकेका छैनन्।
स्वास्थ्य मन्त्रालय अन्तर्गत सञ्चालनमा रहेका अस्पताल, आइसोलेसन सेन्टर, प्रयोगशाला लगायतमा खटिएका स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएको जानकारी दिुन भएको छ । तर गृह मन्त्रालय अन्तर्गत रहेका प्रहरीका अस्पताल, शिक्षा मन्त्रालय अन्तर्गत रहेका शिक्षण अस्पताल, प्रतिष्ठानहरुका स्वास्थ्यकर्मीले हालसम्म जोखिम भत्ता नपाएको गुनासाे गर्नुभएको छ ।
त्यसैगरी सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको निजामति सेवा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले पनि अहिलेसम्म जोखिम भत्ता नपाएको जानकारी दिनुभएको छ।
देश संकटमा परेको र महामारी फैलिएका बेला उच्च पदमा बस्नेलाई सेवा सुविधा नदिइने भनेर कानूनी व्यवस्था भए पनि सांसद, मन्त्री तथा उनीहरुका सहयोगीहरुले दशैं भत्ता समेत लिइसकेका छन्।
हेल्थपाटी
तपाईँको अभिमत