जोखिम भत्ता आदेशमा के छ हेर्नुहोस् (निर्देशिका सहित)
अ +
अ -
काठमाडौं,२२ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस(कोभिड–१९) रोगको संक्रमणको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश,२०७७ सार्वजनिक गरेको छ । सार्वजनिक आदेश अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत जनशक्तिको हकमा २०७६ साल पुस २८ र अन्यको हकमा चैत ९ गते देखि भत्ता सुविधा पाउनेछन् ।
चैत ९ गते सरकारले कोरोना संक्रमितको उपचारमा खटिने चिकित्सक, नर्स, प्राविधिक सहित सबै स्वास्थ्यकर्मी तथा सहयोगीको मनोबल बढाई प्रोत्साहन स्वरुप ५० देखि शतप्रतिशत जोखिम भत्ता दिने निर्णय गरे अनुरुप स्वास्थ्य मन्त्रालयले निर्देशिका तयार गरेको थियो । हेरौ निर्देशिका :
हेल्थपाटी
तपाईँको अभिमत