सर्वाेच्चको आदेशले फेरि रोकियो चिकित्सा शिक्षा पीजीको भर्ना प्रक्रिया
चिकित्सा शिक्षा स्नातकोत्तर तह(पिजी)को भर्ना प्रक्रिया फेरि रोकिएको छ। सर्वाेच्च अदालतले भर्ना प्रक्रिया जहाँको त्यहीँ रोक्नु भनी आदेश गरेपछि रोकिएको आयोगले सोमबार राति सूचना जारी गर्दै जानकारी दिएको छ।
दोस्रो चरणको भर्नापछि बाँकी रहेका सीटमा पुनः म्याचिङको प्रक्रिया चलिरहँदा भर्ना प्रक्रिया फेरि रोकिएको हो।
२, ३ र ४ गते परीक्षा सञ्चालन भएर ४ र ६ गते नतिजा प्रकाशन भएको थियो ।
१४ गतेबाट म्याचिङ सुरु भएका थियो । वरियताक्रम भंग हुने गरी नयाँ कार्यविधि लागू गरेपछि चिकित्सा शिक्षा आयोगविरुद्ध विद्यार्थीहले सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए ।
सरकारी र विदेशी समूहतर्फको पहिलो चरणको म्याचिङ सकिएपछि सर्वोच्च अदालतले पुस १७ गते पुरानै प्रणाली अनुसार भर्ना लिन भन्दै अन्तरिम आदेश दिएको थियो ।
यो आदेशपछि २० गते सूचना जारी गरी आयोगले म्याचिङ तथा भर्ना प्रक्रिया स्थगित गरेको थियो ।
त्यसपछि सर्वोच्चको आदेश सच्चाउन माग गर्दै २६ गते चिकित्सा शिक्षा आयोगले भ्याकेट निवेदन दिएको थियो।
सर्वाेच्चले फागनु ४ गते विद्यार्थीको पक्षमा फैसला सुनाएपछि करिब २ महिनापछि आयोगले भर्ना प्रक्रिया सुरु गरेको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत