चिकित्सा शिक्षा भर्ना प्रक्रिया विवाद : सर्वाेच्चले गर्यो विद्यार्थीको पक्षमा फैसला
चिकित्सा शिक्षा स्नातकोत्तर तह(पीजी) को भर्ना प्रक्रियामा भएको विवादमा सर्वोच्च अदालतले विद्यार्थीको पक्षमा फैसला गरेको छ ।
बिहीबार न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको इजसालले अन्तरिम आदेश जारी रहने फैसला सुनाएको छ।
फैसलासँगै पुरानै कार्यविधिअनुसार भर्ना प्रक्रिया अगाडि बढाउन सर्वाेच्चले दिएको अन्तरिम आदेश कायम भएको रिट निवेदन मध्येका एक विद्यार्थी डा.विप्लव लामिछानेले जानकारी दिनुभयो।
सर्वाेच्चको अन्तरिम आदेश खारेजको माग गर्दै चिकित्सा शिक्षा आयोगले भ्याकेट निवदेन दिएको थियो । आयोगको मागबमोजिम नहुने फैसला सर्वाेच्चले सुनाएको छ।
डा.लामिछानेका अनुसार यस मुद्दामा मंगलबार र आज गरी दुई दिन बहस चलेको थियो।
मंगलबार आधा मात्रै बहस भएकोमा आज बहस सकिएसँगै इजलासले फैसला सुनाएको डा.लामिछानेले जानकारी दिनुभयो।
पीजीको एकीकृत प्रवेश परीक्षा पुस २, ३ र ४ गते लिइएको थियो। ४ गते र ६ गते नतिजा प्रकाशन भएपछि १४ गतेबाट म्याचिङ प्रक्रिया सुरु गरिएको थियो।
आयोगले विद्यार्थी भर्नामा नयाँ नियम लागू गरेपछि त्यसको विरुद्धमा विद्यार्थीहरुले पुस १४ गते नै सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए।
सरकारी र विदेशी तर्फका सीटमा भर्ना सूची प्रकाशन गरिसकेपछि सर्वोच्च अदालतले पूरानै कार्यविधिअनुसार म्याचिङ तथा भर्ना प्रक्रिया अघि बढाउन अन्तरिम आदेश दियो।
सर्वोच्च अदालतले पुस १७ गते आदेश दिएको थियो। सर्वोच्चको आदेशपछि आयोगले पुस २० गते नै सूचना निकालेर सबै प्रक्रिया स्थगित गर्यो।
सर्वोच्च अदालतको आदेशअनुसार आयोगले पूरानै कार्यविधि अनुसार भर्ना प्रक्रिया अघि बढाउने अपेक्षा विद्यार्थीहरू को थियो।
तर अन्तरिम आदेश उल्ट्याउन माग गर्दै पुस २६ गते आयोगले सर्वोच्चमा भ्याकेट निवेदन दिएको थियो।
यो पनि पढ्नुहोस्
हेल्थपाटी 
तपाईँको अभिमत