स्वास्थ्यमन्त्रीले आत्महत्या सम्बन्धी बोल्नुभएको अभिव्यक्ति फिर्ता लिन चिकित्सकको माग
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आत्महत्या सम्बन्धी बोल्नुभएको आपत्तिजनक अभिव्यक्ति फिर्ता लिन नेपाल प्रगतिशिल चिकित्सक संघले माग गरेको छ ।
संघका अध्यक्ष डा. मधुर बस्नेत र महासचिव डा.मधु न्यौपानेले संयुक्त विज्ञप्ति निकालेर आत्महत्या सम्बन्धी बोल्नुभएको अभिव्यक्ति संवेदनशीलता र पदको जिम्मेवारी गरिमा र मर्यादा विपरित रहेको उल्लेख गर्नुभएको छ ।
विश्वव्यापी अध्ययनहरूले कुनै पनि आत्महत्याूको अभिव्यक्तिका पछाडि गम्भीर समस्या वा मनोरोग हुने सम्भावना प्रबल हुने तथ्य स्थापित गरेका छन्। तसर्थ हामी कसैले पनि कुनै पनि ू आत्महत्याका अभिव्यक्तिलाई अत्यन्त गम्भीरताका साथ लिनु जरुरी हुन्छ । विज्ञप्तिमा भनिएको छ ।
स्वास्थ्य मन्त्री बस्नेतले आफू नियुक्ती भएपछिका काम कारबाहीबारे जानकारी दिन आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा कर्मचारी सरुवा प्रसंगमा ‘आत्महत्या गर्न खोज्ने कर्मचारीलाई डोरी लगेर दिनुहोस्। सचिवज्यूको झुण्डिन मन लागेन भने मन्त्रीको गेटमा गएर झुण्डिनु भन्दिनुस भन्दिँए’ भन्ने अभियव्यक्ति दिनुभएकाे थियाे ।
यो अभिव्यक्ति मानवअधिकार उल्लंघन र आत्महत्या दुरुत्सात्हनको रहेको मावनअधिकारकर्मी, अधिवक्ता लगायतले बताएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत