कोरोना संक्रमणबाट नर्स सावित्री भट्टराईको निधन
अ +
अ -
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नर्स सावित्री भट्टराईको निधन भएको छ । नेपाल नर्सिङ संघकी कोषाध्यक्ष कल्पना श्रेष्ठले जेष्ठ २ गते नर्स भट्टराईको निधन भएको जानकारी दिनुभयो । उहाँ पछिल्लो समय विराटनगर नोवेल हस्पिटलमा कार्यरत हुनुहुन्थ्यो ।
यस्तै नर्स चुनुमैंया श्रेष्ठको वैशाख २९ गते हृदयघातका कारण निधन भएको छ । श्रेष्ठ नर्सिङ संघ शाखा पाल्पा संस्थापक सचिव हुनुन्थ्यो ।
संघले दुवै नर्सको निधनप्रति दुख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
हेल्थपाटी 



तपाईँको अभिमत