नर्स लक्ष्मी जोशी मृत अवस्थामा फेला
अ +
अ -
काठमाडौं । चितवन भरतपुरस्थित बी.पी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत नर्स लक्ष्मी जोशी मृत अवस्थामा फेला पर्नुभएको छ ।
कैलाली स्थायी घर भएकी २४ वर्षकी नर्स जोशी कृष्णनगर ५ स्थित आफ्नै डेरामा हिजो (सोमबार) झुण्डिएको अवस्थामा फेला पर्नुभएको थियो ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अस्पतालकी नर्सिङ इन्चार्ज कविता पन्थीका अनुसार नर्स जोशी २ दिनअघिसम्म ड्युटीमा आउनुभएको थियो ।
नर्स जोशी विगत डेढ वर्षदेखि अंकोलोजी युनिटमा कार्यरत हुनुहुन्थ्यो । क्यान्सर अस्पतालले नर्स जोशीको निधनप्रति दुःख व्यक्त गरेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत