पक्राउपुर्जी जारी भएपछि चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम, दोषीलाई कारबाही नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डाक्टर करण साहविरुद्ध प्रक्राउपुर्जी जारी भएपछि डाक्टरहरु आन्दोलित भएका छन् । नेपाल चिकित्सक संघले डाक्टर साह विरुद्ध प्रक्राउपुर्जी जारी गरिएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
संघले बिना कुनै कसूर कानुन अनुसार अनुसन्धान नै नभई पूर्वाग्रह राखी थुना पुर्जी जारि भएकोमा सो गैरकानूनी काममा संलग्न व्यक्तिहरुलाई नै कानुनी दायरामा ल्याई कडा भन्दा कडा कानुनि कारवाही गर्न संघले माग गरेको छ । उक्त माग ७२ घण्टाभित्र सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी संघले दिएको छ ।
आन्दोलनका लागि तयारी अवस्थामा रहन संघले शाखा कार्यालयहरु, देशभर रहेका सम्पूर्ण सरकारी तथा गैर सरकारी स्वास्थ्य संस्थाहरु, संघसंग आवद्ध भएका विभिन्न विशेषज्ञ समाजहरुलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ ।
डाक्टर करण साहको नाममा पक्राउ पुर्जी जारी भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चिकित्सक, स्वास्थ्यकर्मीले आजैबाट इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गरिसकेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत