मेडिकल काउन्सिलले भन्यो, उपचारको विषयलाई लिएर डाक्टरलाई पक्राउपुर्जी जारी गर्न पाइदैन
नेपाल मेडिकल काउन्सिलले उपचारको विषयलाई लिएर कुनै पनि चिकित्सक तथा स्वास्थयकर्मीलाई सिधै प्रक्राउ पुर्जी जारी गर्न वा प्रक्राउ गर्न नपाइने बताएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डाक्टर करण साहविरुद्ध प्रक्राउपुर्जी जारी भएपछि काउन्सिलले उपचारसँग सम्बन्धि कानुनी व्यवस्थाबारे स्पष्ट पारेको हो ।
काउन्सिलका अनुुसार दर्ता भई चिकित्सकीय पेशा सञ्चालन गर्ने वा चिकित्सकीय कार्य गर्ने चिकित्सकहरुले कुनै व्यक्तिको स्वास्थ्योपचार गर्दा ज्यान मर्न वा अङ्गभङ्ग हुन गएमा वा स्वास्थ्य उपचारको सिलसिलामा कुनै दुर्घटना हुनगई स्वास्थ्य उपचारमा संलग्न चिकित्सक दोषि देखिने अवस्था भएमा सोबारे अनुसन्धान गर्न मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १८९ ९३० मा नेपाल मेडिकल काउन्सिलले तोकेको सम्बन्धित विज्ञ चिकित्सकको संयोजकत्वमा ५ जनाको अनुसन्धान समिति रहने कानूनी व्यवस्था रहेको छ ।
कुनै पनि चिकित्सक तथा स्वास्थ्यकर्मीले स्वास्थ्य उपचारका क्रममा कुनै लापरवाही वा हेलचेक्राई गरेको शंकालागेमा मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १९ को इलाज सम्बन्धी कसूरको दफा २३१, २३२, २३३ र २३८ ले कानुनी उपचार सम्बन्धि कानुनी व्यवस्था गरेको र उल्लेखित दफा बमोजिमको कानुनी उपचारको कार्यविधिले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १८९ को उपदफा ३ मा अनुसन्धान समितिको व्यवस्था गरेको काउन्सिलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
डाक्टर करण साहको नाममा पक्राउ पुर्जी जारी भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चिकित्सक, स्वास्थ्यकर्मीले आजैबाट इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गर्न घोषणा गरेका छन् । डा.साहमाथि आक्रमण भएको सीसीटिभी फुटेजमा प्रष्टसँग देखिएको अवस्थामा झुटा मुद्दा लगाएर पक्राउ पुर्जी जारी भएको घटनाले मर्माहत भएको चिकित्सक, स्वास्थ्यकर्मीले बताएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत