म स्वास्थ्यकर्मीको साथमा छु : जनार्दन शर्मा
काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रभावशालि नेता जनार्दन शर्मा ‘प्रभाकर’ले महामारीको समयमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्नुभएको छ । गृहमन्त्रीसमेत रहिसक्नुभएका शर्माले स्वास्थ्यकर्मीको सुरक्षाको माग पनि गर्नुभएको छ ।
भेरी अस्पतालमा कोरोना संक्रमितको निधनपछि आक्रोशित आफन्तले स्वास्थ्यकर्मीमाथि नै आक्रमण सरकारलाई गम्भीर बन्न आग्रह गर्नुभएको हो ।
“महामारीमा जीवन जोखिममा राखेर सेवा दिइरहेका चिकित्सक, स्वास्थ्यकर्मीहरूमाथि वार्डमै आक्रमण गर्नु जघन्य अपराध हो,” शर्मा सामाजिक सञ्जालमा लेख्नुहुन्छ, “ उक्त अपराधलाई अस्पताल प्रशासनले टालटुल पार्ने प्रयास झन गम्भीर विषय बनेको छ । दोषीमाथि कारबाही गर्नुका साथै स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टीका साथ काम गर्ने वातावरण तयार पारियोस् ।”
उहाँले सत्ताको अराजकता सबैतिर फैलिन थालेको टिप्पणी गर्नुभएको छ । “म स्वास्थ्यकर्मीको साथमा छु,” उहाँले भन्नुभएको छ ।
हेल्थपाटी 

तपाईँको अभिमत