भेरी घटनाका दोषीलाई कडा कारबाही गर्न डाक्टर तथा स्वास्थ्यकर्मीको माग
काठमाडौं । भेरी अस्पतालमा बिरामीका आफन्तहरुले ड्यटीमा रहेका डाक्टर तथा नर्सलाई लखेटी लखेटी कुटेको घटनाको स्वास्थ्यकर्मीहरुले निन्दा एवं भत्र्सना गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् ।
हेल्थपाटी डटकमले भेरी अस्पतालको घटना सार्वजनिक गरेलगत्तै डाक्टर,नर्स तथा स्वास्थ्यकर्मीहरुले घटनाको भत्र्सना गर्दै उहाँहरुले सामाजिक सञ्जालमा दोषीलाई कारबाहीको माग गरेका छन् । कोरोमा महामारीमा ज्यानको बाजी लगाएर बिरामीको उपचार गर्दा स्वास्थ्यकर्मीहरु माथि दुरव्यवहार र कुटपिट हुनु लज्जास्पद भएकोभन्दै स्वास्थ्यकर्मीहरुलाई सुरक्षाको प्रत्याभुति हुनुपर्ने माग गर्नुभएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.मंगल रावलले स्वास्थ्यकर्मीमाथि हुने गरेको घटनालाई रोक्न सरकारले कानुननै बनाउनपर्ने बताउनुभएको छ ।
यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. अनुप बाँस्तोलाले भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहार निन्दनीय रहेको र यस्ता घटनाले हाम्रो समाजको चेतनास्तर देखाएको बताउनुभएको छ ।
साथै डा.मधुर बस्नेतले महामारीमा खटिएका स्वास्थ्यकर्मीहरु माथि भएको यो ज्यादतीको जति निन्दा गरेपनि कम हुने बताउनुभएको छ । उहाँ भन्नुहुन्छ, ‘यता स्वास्थ्यकर्मीको अवस्था यस्तो छ, उता सरकार स्वास्थ्यकर्मीको सुरक्षाको ‘सु’ पनि उल्लेख नभएको अध्यादेश मार्फत स्वास्थ्य संकटकाल लगाएर उल्टो स्वास्थ्यकर्मीलाई जबरजस्ती काममा लगाउनेू सुरमा छ। यसले कोरोना महामारीमा कुशासनको अर्को महामारी थप्ने जोखिम देखिन्छ।’
भेरी अस्पताल घटनाको विरोध गर्दै अरु थुप्रै नर्स तथा स्वास्थ्यकर्मीहरुले सुरक्षाको माग राख्दै दोषीलाई कडा कारबाहीका माग गरेको छन् ।
कोरोना संक्रमितको मृत्युको विषयलाई लिएर आफन्तहरुले स्वास्थ्यकर्मीहरुलाई लखेट्दै कुटपिट गरेका थिए ।
हेल्थपाटी 


तपाईँको अभिमत