हेटौँडामा डाक्टर कुट्नेमाथि तत्काल कारबाही हुन्छ : प्रधानमन्त्री प्रचण्ड
अ +
अ -
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डाक्टर कुट्नेलाई तत्काल कारबाही गरिने बताउनुभएको छ।
बुधबार हेटौँडाको सन्चो अस्पतालमा कार्यरत डा.प्रशान्त बिडारी र डा.विकास थापामाथि अस्पतालभित्र कुटपिट भएको थियो।
डा.थापा र डा.बिडारीमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै बिहीबार बिहान नेपाल चिकित्सक संघको टोली प्रधानमन्त्रीलाई भेट्न पुगेको थियो।
चिकित्सक संघका अध्यक्ष डा.अनिलविक्रम कार्की सहितको टोलीसमक्ष प्रधानमन्त्री प्रचण्डले तत्काल कारबाही गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको संघका महासचिव डा.सञ्जिव तिवारीले जानकारी दिनुभयो।
तत्काल कारबाही नगरे चिकित्सक संघ कठोर कदम चाल्न बाध्य हुने कुरा पनि प्रधानमन्त्रीलाई सुनाएको डा.तिवारीले बताउनुभयो।
हेल्थपाटी
तपाईँको अभिमत