रेफर गरिएका बिरामीको मृत्यु : अस्पतालभित्रै दुई डाक्टरमाथि कुटपिट

सांकेतिक तस्बिर।
हेटौँडास्थित सन्चो अस्पतालमा कार्यरत डाक्टरमाथि कुटपिट भएको छ । अस्पतालका चिकित्सक डा.प्रशान्त बिडारी र डा.विकास थापामाथि कुटपिट भएको अस्पतालका एक कर्मचारीले जानकारी दिए ।
अस्पतालका ती कर्मचारीले दिएको जानकारी अनुसार एक महिनाअगाडि अस्पतालमा भर्ना भएका बिरामीको विषयलाई लिएर अहिले लफडा भएको हो ।
उहाँका अनुसार गत साउन २२ गते मकवानपुर सिक्रेनीका राजेश प्रधान अस्पतालमा भर्ना हुनुभएको थियो । ४१ वर्षीय प्रधानलाई डेंगीलगायतका समस्या देखिएको थियो।
अस्पतालमा परीक्षण गर्दा भने नेगेटिभ देखिएको अस्पतालले जानकारी दिएको छ ।
आफन्तले अन्तै लैजाने भनेपछि त्यसको भोलिपल्ट २३ गते अस्पतालले बिरामीलाई डिस्चार्ज दिएको थियो । त्यहाँबाट भरतपुरस्थित चितवन मेडिकल कलेजमा लगिएको थियो । त्यही दिन बेलुका प्रधानको मृत्यु भयो ।
सन्चो अस्पतालमा राम्रोसँग उपचार नगरेकै कारण बिरामी मृत्यु हुने अवस्थामा पुगेको भन्दै आफन्तहरु आज आएर लफडा गरेको अस्पतालका कर्मचारीको भनाइ छ ।
अस्पतालका कर्मचारीले हेल्थपाटीलाई दिएको जानकारी अनुसार बिरामीमा आफन्तले ड्यूटीमा रहेका चिकित्सकमाथि अन्धाधुन्ध आक्रमण गरेको गरेका थिए।
कुटपिट भएपछि प्रहरी आइपुगेको थियो । बिरामीका आफन्त र कुटपिटमा पर्ने प्रहरीबीच अहिले जिल्ला प्रहरी कार्यालयमा छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत