डाक्टर कुटपिटको विरोधमा बैतडीका डाक्टरले सेवा बन्द गर्ने
अ +
अ -
हेटौँडामा डाक्टरमाथि कुटपिट गरेको विरोधमा जिल्ला अस्पताल बैतडीका चिकित्सकले काम बन्द गर्ने भएका छन् ।
अस्पतालका सबै चिकित्सकले प्रमुख जिल्ला अधिकारीलाई पत्र लेख्दै दोषीमाथि कारबाही नभएसम्म काम बन्द गर्ने जानकारी दिएका छन् ।
त्यस्ता घटना जुनसुकै अस्पताल तथा जुनसुकै बेला घट्न सक्ने भएकाले चिकित्सक, स्वास्थ्यकर्मीलाई सुरक्षाको प्रत्याभूति नभएको चिकित्सकहरुको गुनासो छ ।
आज कालोपट्टी लगाएर विरोध जनाउने र भोलिसम्म पनि दोषीलाई कारबाही नभए अस्तपालका आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने चेतावनी डाक्टरहरुको छ ।
मानसिक रुपले विक्षिप्त अवस्थामा बिरामी हेर्न नसकिने उहाँहरुको भनाइ छ ।

हेल्थपाटी
तपाईँको अभिमत