योग्यताक्रम विवादबारे आयोगको जवाफ-एक पटक विहे गरेपछि फेरि अर्काेसँग गर्छु भन्न पाइन्छ ?
भर्ना प्रक्रियामा योग्यताक्रम मिचिएको विषय चिकित्सा शिक्षा आयोगले अस्वीकार गर्दै आएको छ ।
चिकित्सा शिक्षा स्नातक तह र स्नातकोत्तर तहको भर्नामा यो योग्यताक्रम मिचिने गरी भर्ना गरिएको गुनासो विद्यार्थीहरुको छ ।
अघिल्लो योग्यताक्रमकोले ड्रप गर्दा योग्यताक्रमअनुसार अपग्रेड गर्ने प्रणाली हटाएर उसको ठाउँ तल्लो योग्यताक्रमकोलाई दिएको भन्दै विद्यार्थीहरुले विरोध गर्दै आएका छन्।
आयोगले मंगलबार गरेको पत्रकार सम्मेलनमा आयोगका अधिकारीहरूले योग्यताक्रम मिचिएको भन्ने हल्ला निराधार रहेको दावी गरेका हुन्।
विद्यार्थीहरुलाई मर्का पर्ने गरी किन योग्यताक्रम प्रणाली विगोरेको ? भन्ने प्रश्नमा आयोगका परीक्षा निर्देशक प्रा.डा. संघरत्न बज्राचार्यले घुमाउरो जवाफ दिनुभयो ।
योग्यताक्रम नमिचेको र ऐनअनुसार नै गरेको प्रा.डा.बज्राचार्यको दावी छ।

एक विश्वविद्यालयमा भर्ना भएको विद्यार्थीलाई फेरि अर्काे विश्वविद्यालयमा भर्ना गर्न नमिल्ने भएकाले अगाडिको योग्यताक्रमकाले छाड्दा पछाडिको विद्यार्थीलाई ल्याउनु परेको उहाँको स्पष्टोक्ति छ ।
अगाडिको सिट खाली हुँदा भर्ना नभएर बसेको विद्यार्थीलाई ल्याउन मिल्ने भएपनि भर्ना भइसकेको विद्यार्थीलाई त्यो खाली सिटमा ल्याउन नमिल्ने प्रा.डा. बज्राचार्यले बताउनुभयो।
‘एउटामा भर्ना भइसकेको विद्यार्थीले फेरि अर्काेमा भर्ना पाउनुपर्यो भनेर दावी गर्न पाइन्छ ?’ बज्राचार्यले प्रश्न गर्नुभयो, ‘एउटासँग विहे गरेपछि फेरि अर्काेसँग विहे गर्छु भन्ने मिल्छ ?’
रिम्याचिङ गर्ने बीचको समय किन घटाएको भन्ने प्रश्नमा बज्राचार्यले स्पष्ट जवाफ दिनुभएन । खाली एउटामा भर्ना भएको विद्यार्थीलाई अर्काेमा फेरि पठाउन नमिल्ने भनाइ मात्रै दोहोर् याउनुभयो।
कार्यविधिले पनि त्यसो गर्न नमिल्ने भएकाले अघिल्लो योग्यताक्रमकोले छाडेपछि अपग्रेड हुँदै आउनुपर्ने विद्यार्थीको दावी ठिक नभएको प्रा.डा.बज्राचार्यको तर्क छ।
आयोगका अर्का एक अधिकारीले भने भर्ना प्रक्रियाको समय छोट्याउन यस्तो प्राणाली लागू गरिएको बताउनुभयो ।
सर्वाेच्च अदालतले समेत आफ्नो पक्षमा फैसला गरेकाले आयोगको निणर्य ठिक भएको दावी आयोगको छ।
माइतीघरममा गएर उफ्रिने केही विद्यार्थीले गलत प्रचार गरेको आरोप आयोगका अधिकारीहरूको छ।
हेल्थपाटी 

तपाईँको अभिमत