बिरामी नै मारेजसरी लाइसेन्स खोसियो, न्यायका लागि लड्छु : जिता बराल
अ +
अ -
व्यवसायिक आचारसंहिता उल्लघंन गरेको ठहर गर्दै नेपाल नर्सिङ काउन्सिलले लाइसेन्स खारेज गरेपछि जिता बरालले आफू अन्यायमा परेको दुखेसो गर्नुभएको छ ।
उहाँले आफू कारबाहीमा परेको जानकारी मिडियामा समाचार आएपछि मात्रै थाहा पाएको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उहाँले बिरामी नै मारेको जसरी आफूलाई अपराधी करार गरेको गुनासो गर्नुभएको छ ।
उहाँले आफ्नो लाइसेन्स खारेज भएको थाहा पाएलगत्तै काउन्सिलमा गएर जवाफ माग्दै २ घण्टा रोएर फर्किएको जानकारी दिँदै अब कानुनी लडाइँमा जाने बताउनुभएको छ।
हेल्थपाटी
तपाईँको अभिमत