चिकित्सकलाई घटुवा गरेर भर्ना गर्न खोजेकोमा चिकित्सक संघको आपत्ति
निजामती कर्मचारी अस्पतालले चिकित्सकलाई स्थायी पदपूर्तिका लागि आव्हान गरेको विज्ञापनप्रति नेपाल चिकित्सक संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अस्पतालले फागुन ३० गते एमडी/एमएस /एमडीएस चिकित्सकलाई स्थायी पदपूर्तिका लागि विज्ञापन प्रकाशित गरेको थियो । तर उक्त विज्ञापन तहगत घटुवा गरी निकालिएको भन्दै चिकित्सक संघले आपत्ति जनाएको छ ।
स्वास्थ्य सेवा ऐन २०५३ र कार्यविधि २०५५ को दफा ८ को उपदफा (१) को खण्ड (च) र (छ) बमोजिम खुल्ला प्रतियोगिताद्वारा पूर्ति गरिने पदका लागि अनुसूची–६ मा उल्लेखित एमडी एमएस एमडीएस पश्चातका चिकित्सकलाई ९ औं र ११ औं तह हुने नियमलाई लत्याएको संघले जनाएको छ ।
एमडी /एमएस /एमडीएस चिकित्सकलाई तहगत घटुवा गरेर आठौँ तहमा भर्ना गर्न खोज्नु कानुन विपरित भएको संघको ठहर छ ।
लामो समयदेखि स्थायी, अस्थायी करार, र ज्यालादारीमा कार्यरत चिकित्सकहरुको स्थायित्वमा असर पर्ने गरी उक्त सूचना निकालिएको र अस्पतालले विभिन्न समयमा गरेको सम्झौता र निजामती अस्पताल (कर्मचारीहरुको सेवाका सर्त र सुविधा) बिनियमावलीको समेत विपरित विज्ञापन गरिएकोले अबिलम्ब खारेज गरी त्यहाँ कार्यरत सबै स्वस्थ्यकर्मीहरुलाई स्वत स्थायी गर्न चिकित्सक संघले माग गरेको छ ।
Press Release 2079-12-06
हेल्थपाटी
तपाईँको अभिमत