सिभिल अस्पतालका लागि ठूलो संख्यामा स्थायी कर्मचारी माग, स्टाफ नर्स मात्रै १३९

निजामती कर्मचारी अस्पताल(सिभिल) अस्पतालका लागि लोकसेवा आयोगले ठूलो संख्यामा विज्ञापन खुलाएको छ।
अस्पतालमा रिक्त रहेका पदहरुमा स्थायी पदपूर्तिका लागि आयोगले खुल्ला तथा समावेशी प्रतियोगिताबाट छनोटका लागि विज्ञापन खुलाएको हो ।
९ औँ तहमा ६ र आठौँ तहमा १२ पदका लागि विविज्ञापन खुलाइएको छ । त्यसैगरी सातौँ तहमा ३ जना र छैटौँ तहमा १२ जना कर्मचारीका लागि विज्ञापन गरिएको छ।
सबैभन्दा धेरै स्टाफ नर्सको पदमा विज्ञापन गरिएको छ । खुल्लामा ३१ र समावेशीमा २५ गरी ५६ जना नर्सका लागि विज्ञापन खुलाइएको छ।
सबै गरी पाचौँ तहमा ७५ पदका लागि कर्मचारी माग गरिएको छ। चौथो तहमा समावेशी र महिला कोटामा गरी ४ पदका लागि विज्ञापन गरिएको छ।
यसबाहेक रेडियोग्राफर, ल्याब टेक्निसियन, नर्सिङतर्फ सिस्टर, प्रशासन सयहाक, मेडिकल रेकर्डर, ओपीडी असिस्टेन्ट, फार्मेसी सहायक, फिजियो थेपारी सहायक जस्ता पद गरी ११२ पदमा विज्ञापन खुलाएको छ ।
त्यसैगरी अस्पतालले अस्पतालमा कार्यरत करार सेवाका कर्मचारीका लागि समेत सीमित प्रतियोगितात्मक लिखित परीक्षाका लागि समेत विज्ञापन खुलाएको छ।
यसमा १० औँ तहका विशेषज्ञ देखि तहबिहीन कर्मचारीसम्मका लागि विज्ञापन खुलाइएको छ ।
जसमा १० औँ तहका विशेषज्ञ चिकित्सक ३, सिनियर रजिस्टार पदमा ९ जना चिकित्सकका लागि विज्ञापन खुलाइएको छ । आठौँ तह रजिस्टार पदमा ३४ कर्मचारी मागिएको छ ।
छैटौँ प्राविधिकमा ३ जना माग गरिएको छ । यसमा पनि सबैभन्दा धेरै पद स्टाफ नर्सकै छ । ८३ जना स्टाफ नर्सको पदका लागि विज्ञापन गरिएको छ । ल्याब टेक्निसियन २१ जना मागिएको छ । जम्मा गरी पाचौँ तहमा १२० पदका विज्ञापन खुलाइएको छ ।
ओपीडी असिस्टेन्टका रुपमा चौथो तहका नर्सका लागि २४ पदमा आवेदन मागिएको छ ।
जम्मा गरी चौथो तहमा ४३ कर्मचारी माग गरिएको छ ।
प्लम्बर १ र सवारी चालक ३ जनाका लागि समेत विज्ञापन खुलाइएको छ ।
खुल्ला तथा समावेशी तर्फको विज्ञापन
सीमित प्रतियोगितात्मक लिखित परीक्षाका लागि समेत विज्ञापन
तपाईँको अभिमत