महिला स्वास्थ्य स्वयंसेविकाहरुले सार्वजनिक यातायातमा भाडा तिर्न नपर्ने
महिला स्वास्थ्य स्वयंसेविकाहरुले सार्वजनिक यातायात चढ्दा भाडा तिर्न नपर्ने भएको छ । यसका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको पोशाकमा वा परिचयपत्र बोकेको हुनुपर्नेछ।
कात्तिक १५ गतेबाट यो व्यवस्था लागू गर्न
राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले सहमति जनाउनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा यातायात व्यवसायीहरुले स्वयंसेविकाहरुलाई सार्वजनिक यातायातका साधनमा भाडा नलिने सहमती जनाएका छन् ।
मन्त्रालयसँग महासंघले गरेको प्रतिबद्धतामा सामाजिक उत्तरदायित्व अन्तर्गत सम्बन्धित तह रहेको जिल्लाभर तोकिएको जिम्मेवारी पूरा गर्न सार्वजनिक यातायातका साधनमा प्राथमिकता दिएर निःशुल्क आवतजावत गर्न दिने उल्लेख छ।
यो सहमतिबाट ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका लाभान्वित हुने स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखा प्रमुख डाक्टर भीम सापकोटाले जानकारी दिनुभयो ।
केही समयअघि मन्त्री पौडेलले यातायात व्यवसायी राष्ट्रिय महासंघसँग न्यून सुविधामा आम मातृ शिशु तथा समुदायको स्वास्थ्य सेवाका लागि लामो समयदेखि प्रयत्नरत रहेको भन्दै उनीहरुलाई कामका शिलशिलामा हुने यातायात निःशुल्क गरिदिन आग्रह गर्नुभएको थियो ।
मन्त्री पौडेलले महिला स्वास्थ्य स्वयंसेविकाहरुले देशको स्वास्थ्य क्षेत्रमा पुर्याएको भूमिकालाई सम्मान गर्न यो निर्णय महत्वपूर्ण रहेको बताउँदै आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्र्तगतको यो सहयोगका लागि यातायात व्यवसायी राष्ट्रिय महासंघप्रति आभार व्यक्त गर्नुभएको छ ।
महासंघका अध्यक्ष स्वाँरले आफूहरुलाई मन्त्री पौडेलले विगतदेखि नै निःशुल्क सुविधाका लागि आग्रह गरेको भन्दै व्यवसायिक सामाजिक उत्तरदायित्वअन्र्तगत सुविधा उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो ।
महिला स्वास्थ्य स्वयंसेविकाहरुको छाता संस्थाकी अध्यक्ष बसन्ती महर्जनले यो निर्णय आफूहरुका लागि महत्वपूर्ण रहेको भन्दै मन्त्री पौडेल र यातायात व्यवसायीलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत