नेपालमा राज्यबाट ज्येष्ठ नागरिकको लागि उपलव्ध सेवा सुविधाहरु
आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस नेपालमा पनि विभिन्न कार्यक्र गरि मनाइँदै छ । ३१ औँ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा संयुक्त राष्ट्रसङ्घले यस वर्ष ‘सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ नारा तय गरेको छ ।
सन् १९९१ देखि हरेक वर्ष अक्टोवर १ मा याे दिवस मनाइदै आएकाे गरिन्छ । ज्येष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमापुहँच पुर्याउने उदेश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर यो दिवस मनाईन्छ । २०६८ सालको जनगणना अनुसार नेपालमा कुल जनसंख्याको ९ प्रतिशत अर्थात २५ लाख बढी जेष्ठ नागरिकहरु रहेकाछन् । विश्वमा ६० वर्ष उमेर पुगेका मानिसको संख्या ७६ करोड रहेको अनुमान छ । औसत आयूमा देखिएको सुधारले यो संख्या सन् २०५० सम्ममा दुई अर्ब पुग्ने अनुमान छ ।
दिवसका अवसरमा राष्ट्रपति तथा प्रधानमन्त्रीले शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा, सामाजिक सुरक्षा भत्ताजस्ता सेवा र सुविधालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सम्बद्ध निकायलाई आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिक अनुभव र व्यवहारमा परिपक्व व्यक्तित्व भएको बताउनुभएको छ । हामीले नेपालमा नेपालमा राज्यबाट ज्येष्ठ नागरिकको लागि उपलव्ध सुविधाहरुबारे केही जानकारी दिन खोजेका छौ । नर्सिङ तथा सामाजिक सुरक्षा विभागका प्रमुख प्रा गोमा देवि निरौलाले दिनुभएको जानकारी :
संविधान २०७२ अनुसार ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ । यसका साथै स्वास्थ्य बीमा नियमावली २०७५ ले ७० वर्ष पुगेका सबै ज्येष्ठ नागरिकलाई औषधि उपचारमा शतप्रतिशत छुट गर्ने व्यवस्था गरेको छ ।
६० वर्षभन्दा माथिका नागरिकलाई निश्चित रोगमा ५० प्रतिशत छुट गर्ने व्यवस्था गरेको छ ।
पछिल्लो समय वृद्धवद्धा स्याहार केन्द्रहरु बढेका छन् । समाजिक सुरक्षा कार्यक्रम अनुसार ज्येष्ठ नागरिकलाई निर्वाह भत्ता मासिक ४ हजारको व्यवस्था गरिएको छ । उपचारमा सहज होस् भनेर अस्पतालरुमा बहिरंग र अन्तरगं सेवा छुटै व्यवस्था गर्नु पर्ने भनिएको छ । कतिपय अस्पतालमा यो कार्यक्रम लाग भइसकेको छ भने अरु अस्पतालहरुले पनि यो कार्यक्रम सुरु गर्ने तयारी गरिरहेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत