चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि प्रस्तुतीकरण र अन्तर्वार्ता भदौ १७ र १८ गते
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन दिएका ९ जना उम्मेदवारहरुको प्रस्तुतीकरण र अन्तर्वार्ता भदौ १७ र १८ गते हुने भएको छ।
उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले प्रस्तुतीकरण एवम् अन्तर्वार्ताका लागि सुचना प्रकाशित गरेको हो।
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न सिफारिस समितिले दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको व्यवसायिक कार्ययोजना सहितको सोचपत्र प्रस्तुत गर्न मिति र समयसहितको सुचना प्रकाशित गरेको छ। सोचपत्रको प्रस्तुतीकरण भदौ १५ गते ३ बजे भित्र समितिको सचिवालय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरवारमा पेश गर्न भनिएको छ।
आयोगको उपाध्यक्ष पदका लागि दरखास्त स्वीकृत हुनेहरुमा वर्तमान उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरी, प्रा.डा. संगिता सिंह भण्डारी, डा. प्रविण मिश्र, प्रा.डा. सुमन कुमार श्रेष्ठ, प्रा.डा. पियुस दाहाल र प्रा.डा विधान निधि पौडेल, डा. प्रमोदकुमार यादव, डा. अञ्जनीकुमार झा र प्रा.डा. मनेनप्रसाद गोर्खाली रहनुभएको छ ।
उपाध्यक्ष गिरीको समयवधि भदौ २५ गते सकिदैँछ ।
हेल्थपाटी
तपाईँको अभिमत