चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि दरखास्त आह्वान गरिएको छ । आयोगले आज सूचना प्रकाशन गरी दरखास्त आह्वान गरेको हो।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ ले उपाध्यक्ष आयोगको प्रखुम कार्यकारी रहने व्यवस्था गरेको छ ।
चिकित्सा क्षेत्रमा विशिष्ट योगदान पुयाएका चिकित्सक मध्येबाट नेपाल सरकारले नियुक्त उपाध्यक्ष नियुक्त गर्ने व्यवस्था ऐनमा छ ।
ऐनको दफा २३ बमोजिम लोक सेवा आयोगका अध्यक्षको संयोजकत्वमा सिफारिस समिति रहने व्यवस्था छ । सो समितिले आवेदन आएका मध्येबाट ३ जनाको नाम सरकारसमक्ष सिफारिस गर्छ । सोही मध्येबाट मन्त्रिपरिषद्ले एक जनालाई आयोगको उपाध्यक्षमा नियुक्त गर्छ ।
उपाध्यक्षको कार्यकाल ४ वर्षको हुन्छ ।
ऐनले तोकेअनुसार योग्यता पुगेका इच्छुक चिकित्सकलाई आजको मितिले १५ दिनभित्र आवेदन माग गरिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत