सर्वाेच्चद्वारा डा.पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाउनुको कारण माग
अ +
अ -
सर्वोच्च अदालतले डा.सन्तोष पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाएकोमा कारण देखाउ आदेश जारी गरेको छ।
सर्वोच्चका न्यायधिस हरिप्रसाद फुयालको एकल इजलासले यस्तो माग गरेको हो। साथै सर्वोच्चले अन्तरिम आदेशका लागि छलफलमा बोलाएको छ।
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले गत मंसिर १४ गतेको मन्त्रीस्तरीय निर्णयबाट पौडेललाई वीर अस्पतालको निर्देशक पदबाट हटाएर मन्त्रालयमा हाजिर हुन निर्देशन दिनुभएको थियो ।
त्यसलगत्तै डा पौडेलले पुनर्वहालीको माग राख्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
वीर अस्पतालका निर्देशकबाट हटाइएका डा. सन्तोष पौडेलले पुनर्वहालीको माग राख्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
हेल्थपाटी 
तपाईँको अभिमत