निर्देशकबाट हटाइएपछि डा.सन्तोष पौडेलको टिप्पणी ‘राणा शासन भन्दा कडा अधिनायकवाद ’
वीर अस्पतालको निर्देशक पदबाट हटाइएपछि डा.सन्तोष पौडेलले स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको कदमप्रति आपत्ति जनाउनुभएको छ ।
उहाँले आफूलाई निर्देशकबाट हटाएर राणा शासन भन्दा कडा अधिनायकवाद लादिएको टिप्पणी गर्नुभएको छ ।
आफूलाई पदबाट हटाइएको पत्र सामाजिक सञ्जाल फेसबुकमा राख्दै डा। पौडेलले आफू दुई वर्षको अवधी तोकेर नियुक्ति पाएको तर राजनीतिक आस्थाको आधारमा निर्देशकबाट हटाइएको र एक जना हाडजोर्नीको विशेषज्ञ सर्जनलाई मन्त्रालयमा तानेर मन्त्रीले ‘हर्कत’ देखाएको बताउनुभएको छ ।
उहाँले बस्नेतको हर्कतबाट लोकतन्त्र नै लजाएको सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ। ‘यो राणा शासन भन्दा कडा अधिनायकवाद हो ’ विधिको शासनको रट लगाएर नथाक्ने नेपाली कांग्रेसका मन्त्रीको यो हर्कतबाट “लोकतन्त्र लजाएको छ”,’ उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘अधिनायक तत्कालीन राजा ज्ञानेन्द्र शाहले शेर बहादुर देउवालाई प्रमबाट हटाउँदा ‘निर्वाचन गराउन नसकेको, ‘अक्षम’ भन्ने आरोप लगाएर हटाएको इतिहास छ ।
दुई वर्षको अवधि तोकी नियुक्ति पाएको मलाई त राजनीतिक आस्थाका आधारमा निर्देशकबाट हटाएको मात्र हैन हाडजोर्नीको विशेषज्ञ सर्जनलाई मन्त्रालयमा तानियो ।’
हेल्थपाटी
तपाईँको अभिमत