आजदेखि ट्याक्सी पनि जोर बिजोर चल्ने, कुनबार के–के खुल्छन् ?
काठमाडौं । काठमाडौं उपत्यकामा ७ दिन थपिएको निषेधाज्ञामा बार अनुसार पसलहरु खुल्नेछन् । यो नियम आजदेखि असार १४ गतेसम्म लागू हुनेछ । ५४ दिनपछि उपत्यकामा निषेधाज्ञा खुकुलो भएको छ ।
आज मंगलबार, बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सुन पसल, भाँडा, भान्साजन्य, विद्युतिय घरायसी सामग्री,अटोमाबाइल पार्टस पसल, इलेक्ट्रोनिक पसल (मोबाइल तथा कम्प्यूटर पसल) अब कुनबार के–के खुल्छन् ?
सोमबार, बुधबार र शुक्रबार
विहान ११ देखि ४ बजेसम्म डिपार्टमेन्टल स्टोर(ग्रोसरीबाहेक), सपिङ मल र खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ सञ्चालन गर्न पाइने भएको छ ।
आइतबार, मंगलबार र बिहीबार
बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सुन पसल, भाँडा, भान्साजन्य, विद्युतिय घरायसी सामग्री,अटोमाबाइल पार्टस पसल, इलेक्ट्रोनिक पसल(मोबाइल तथा कम्प्यूटर पसल)
यसैगरी निर्माणजन्य सामग्रीको पसल हार्डवेयर पसल,स्यानिटरी पसल, टायल, मार्बल, फर्निचर दैनिक बिहान ११ बजेदेखि अपरान्ह ६ बजेसम्म सञ्चालन गर्न पाइने छ ।
साथै औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धि पसल, खाद्यन्न, दुध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा मासु, पुजा सामग्री विक्रि गर्ने पसल, खेलकुद सामग्री पसल, डिपार्टमेन्टल स्टोर (ग्रोसरी) मात्र, स्टेशनरी÷पुस्तक पसलहरु पुरानो प्रावधानअनुसार प्रत्येक दिन बिहान ११ बजेसम्म खुल्नेछन् । आजदेखि निजी सवारी तथा ट्याक्सीमा जोर बिजोर प्रणालिमा चल्नेछन् ।
हेल्थपाटी
तपाईँको अभिमत