क्यान्सरको उपचार गर्ने डाक्टर न्यौपानेको क्यान्सरबाटै निधन
वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशराज न्यौपानेको निधन भएको छ । उहाँ क्यान्सर रोगबाट पीडित हुनुन्थ्यो ।
उपचारमा संलग्न मेडिकल अंकोलोजिष्ट डा. अरुण शाहीका अनुसार आज विहान पाटन अस्पतालमा उपचारका क्रममा ६४ वर्षका न्यौपानेको निधन भएको हो ।
डा न्यौपाने पछिल्लो एक वर्ष देखि पित्त बग्ने नलीमा हुने एक प्रकारको क्यान्सर कोलान्जिओ कार्सिनोमाबाट पीडित हुनुन्थ्यो । पछिल्लो एक महिना देखि उहाँ पाटन अस्पतालमै भर्ना भई उपचार गराइरहनुभएको थियो ।
वरिष्ठ कन्सल्टेन्ट सर्जिकल अंकोलोजिस्ट डा. न्यौपाने पेट, कलेजो, प्यान्क्रियाज, थाइरोइड, स्तन, मृगौला र छालाको क्यान्सरको शल्यक्रियामा विशेषज्ञ हुनुन्थ्यो। उहाँ भक्तपुर क्यान्सर अस्पतालको पूर्व मेडिकल डाइरेक्टर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनका पूर्व अध्यक्ष हुनुन्थ्यो ।
पछिल्लो समय उहाँ बीएण्डबी ललितपुर, काठमाडौँ क्यान्सर सेन्टर भक्तपुर, नेपाल अर्वुद रोग निवारण संस्थासंग समेत आवद्ध हुनुन्थ्यो ।
उहाँ क्यान्सर विरुद्धको जागरण कार्यक्रमहरुमा पनि सक्रिय हुनुन्थ्यो ।
हेल्थपाटी 
तपाईँको अभिमत