प्रत्यारोपण केन्द्रमा ट्रान्सप्लान्ट विषयको फेलोसिपमा सहभागी हुन आवेदन खुला

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले ट्रान्सप्लान्ट विषयको फेलोसिपमा सहभागी हुन आवेदन खुला गरेको छ ।
केन्द्रले किड्नी ट्रान्सप्लान्ट सर्जरी र ट्रान्सप्लान्ट मेडिसिन विषयमा एक एक फेलोसिप भर्नाका लागि कार्तिक १४ गते आज आवेदन खुलाएको हो ।
आवेदन ३० दिनभित्र दिन सकिनेछ । प्रवेश परीक्षामा कम्तिमा ५० प्रतिशत अंक प्राप्त गरे मात्रै भर्नाका लागि योग्य भइने केन्द्रले जनाएको छ ।
भर्ना, शुल्क, परीक्षा,शुल्क, निर्वाह भत्ता र अन्य सेवा सुविधा तथा सर्तहरु मानव अंग प्रत्यरोपण विकास समितिले तोके अनुसार हुनेछ ।
नेपाल सरकारको सेवामा कार्यरत स्थायी चिकित्सकहरुले आफु अन्तर्गत मन्त्रालयको पूर्व स्वीकृति, स्थायी नियुक्तिको प्रतिलिपी र अध्ययन बिदाको लागि योग्य भएको प्रमाण अनिवार्य पेश गर्न पर्नेछ ।
फेलोसिप तालिम प्राप्त गरेपश्चात कम्तीमा २ वर्ष उपत्यका बाहिरको सरकारी अस्पतालमा सेवा गर्नपर्नेछ ।
नेपाल मेडिकल काउन्सिलले निरीक्षण गरी फेलोसिप कार्यक्रम सञ्चालनको स्विकृति दिएको छ । काउन्सिलले प्रत्यारोपण केन्द्रलाई स्विकृति पत्र २०८१ कार्तिक ४ गते प्रदान गरेको थियो ।
फेलोसिप कार्यक्रमले जनशक्ति उत्पादन गरि उपचारात्मक प्रत्यारोपण सेवामा आवश्यकता अनुसार जनशक्ति अभिवृद्धि गर्न टेवा पुग्ने विश्वास लिइएको छ ।
तपाईँको अभिमत