छिटो-छिटो पिसाब लाग्ने, सवारी हाँक्दा झुप्प-झुप्छ हुने कारण घुराइले पनि हुनसक्छ
धेरै पिसाब लाग्ने समस्या देखिए त्यो घुर्ने बानीका कारण पनि हुनसक्ने नाक, कान घाँटी रोग विशेषज्ञ डा.योगेश न्यौपाने बताउनुहुन्छ । सुत्दा घुर्ने बानी भएका ब्यक्तिलाई सवारी साधन चलाइरहेका बेला समेत झुप्प-झुप्प बनाउने जस्तो खतरनाक समस्या हुने डा.न्यौपानेले जानकारी दिनुभयो ।
सुतेका बेला घुर्ने व्यक्तिमा कस्ता-कस्ता स्वास्थ्य समस्या तथा लक्षण देखिन्छन् त ? हेल्थपाटीसँगको कुराकानीमा नाक, कान घाँटी रोग विशेषज्ञ डा.योगेश न्यौपानेले दिनुभएको जानकारी तल प्रस्तुत छ ।
घुर्ने समस्या भएका व्यक्तिमा कस्तो लक्षण देखिन्छ भने राति सुत्दा घुर्ने, श्वास फेर्न गाह्रो भएर जुरुक्क उठ्ने, राति पिसाब फेर्न उठिरहनुपर्ने हुन्छ ।
४०–४५ वर्षको मान्छे हुन्छ प्रोस्ट्रेट बढेर धेरै पिसाब फेरिरहेको छकि भनेर सोच्छौँ, त्यो होइन । श्वास फेर्ने बाटो साँघुरो हुँदा होम्रो शरीरमा अक्सिजनको मात्रा एकदमै कम हुन्छ, जसले गर्दा एक खालको हर्माेन निस्कन्छ त्यसले धेरै पिसाब गराउँछ।
राति ७–८ घण्टा सुतेको छ भने पनि निद्रा नपुगेको जस्तो हुने, सुतौँ-सुतौँ लाग्ने, मुख सुख्खा हुने, टाउको भारी हुने घाँटी दुख्ने पनि हुन्छ । अनि कोही बिरामीले भन्नुहुन्छ-मलाई त हरेक दिन टन्सिल हुन्छ, औषधि खाने गरेको छु । तर त्यो टन्सिल भएको होइन हरेक रात भाइब्रेसन भएर सुन्निएर घाँटी दुखेको हुन्छ।
उठ्न गाह्रो, उठेपछि फ्रेस हुनै गाह्रो हुन्छ। अफिस गयो हाइहाइ आउछ । मिटिङ बस्यो झुप्प-झुप्प हुन्छ । काममा ध्यान नजाने, सम्झने शक्ति कमजोर भइरहेको पनि कुनै बिरामीले भन्नुहुन्छ । बाइक हाकिरहेको बेलामा, गाडी हाकिरहेको बेलामा एकछिन ट्राफिक जाम पर्यो, झुप्प भएको जस्तो हुने हुन्छ । यो एकदमै खतरनाक हुन्छ, स्लिपी ड्राइभिङ भनिन्छ यसलाई यस खालका लक्षण देखिन्छ।
अर्काे भनेको बिरामीको रोगहरु बढ्दै जान्छ, सुगर, प्रेसर आदि । समस्या बढ्दै गएपछि औषधिका मात्रा बढ्दै जान्छन् । प्रेसरका, सुगरका ग्यास्ट्रिक विभिन्न थरीका औषधि बढाइरहनु पर्ने हुन्छ।
कसैको औषधिको मात्रा बढ्दै गएको छ भने सोध्नु पर्ने हुन्छ तपाई राति घुर्नु हुन्छ कि हुँदैन भनेर यदि त्यति मात्रै सोधेर उपचार गराउन सक्यो भने औषधिका मात्रा कम गर्न सकिन्छ।
यसको उपचारमा जानुअघि यो कुन खालको घुराइ हो भनेर छुट्याउनु पर्छ । समान्य खालको घुराइ होकि यसले रोग निम्त्याइरहेको छ भनेर ।
तपाईँको अभिमत