चीन तथा अन्य देशमा एमबीबीएस गरेका विद्यार्थीलाई नेपालमै इन्टर्न गर्न दिने सरकारको निर्णय
सरकाले लामो समयदेखि अन्योलमा रहेका चिकित्सा क्षेत्रका विद्यार्थीलाई सहज हुने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु आज सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चीन तथा अन्य देशमा चिकित्सा शिक्षामा एमबीबीएस गरेका विद्यार्थीलाई नेपालमै अभ्यास, इन्टर्न लगायत पूरा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको जानकारी दिनुभयो ।
चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका देशमा सन् २०१६ र त्यसपछि भर्ना भएका विद्यार्थीका हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास र इन्टर्नसिपको समस्या समाधानका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीले मन्त्रिपरिषद्मा प्रस्ताव राख्नुभएको थियो ।
कोरोना महामारीका कारण आफु पढेको विश्व विद्यालय फर्कन नपाउँदा एमबीबीएस विद्यार्थीहरुको इन्टर्न रोकिएको थियो । विदेशमा एमबीबीएस सकाएका विद्यार्थीहरुलाई नेपालमै इन्टर्नको व्यवस्था मिलाउन विद्यार्थीहरु लामो समयदेखि आन्दोलित भएका थिए ।
हेल्थपाटी 
तपाईँको अभिमत