मेसु डा.सिंहमाथि भएको घटनाको छानबिन गर्न चिकित्सक संघको माग
नेपाल चिकित्सक संघले राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. विनोद सिंहमाथि भएको आक्रमणप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
संघका महासचिव डा.बद्री रिजालले विज्ञप्ति निकालेर कोभिड–१९ को महामारीमा आफ्नो ज्यानको बाजी लगाउँदै स्वास्थ्य सेवा प्रवाहमा समर्पित भईरहेको अवस्थामा कार्यकक्षमै मेसु सिंहमाथि भएको व्यवहार अत्यन्तै लज्जास्पद,अस्वभनीय एवं अकल्पनिय भएको भन्दै घटनाप्रति घोर भत्र्सना जनाउनुभएको छ ।
‘राजनीतिक दलको एक जिम्मेवार व्यक्तिबाट कोभिड–१९ को महामारीका समयमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च पार्नुको सट्टा चिकित्सक माथिनै गैर मानवीय चरित्र प्रदर्शन गरिएको घटनाले नेपाल चिकित्सक संघ स्तब्ध भएको छ,’ विज्ञिप्तमा भनिएको छ ।
घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई प्रचलित कानून बमोजिम यथासिघ्र कारबाही गर्न संघले सरकारसँग माग गरेको छ ।
Press Release of NMA 2078-5-12
हेल्थपाटी
तपाईँको अभिमत