चिकित्सा शिक्षा आयोगको निर्देशक छनौट नगर्न अन्तरिम आदेश जारी
अ +
अ -
उच्च अदालत पाटनले चिकित्सा शिक्षा आयोगको निर्देशक छनौटका लागि नाम सिफारिस गर्न गठित समितिलाई काम अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीशद्धय रमेश ढकाल र प्रकाश खरेलको संयुक्त इजलासले काम अघि नबढाउन अन्तरिम आदेश जारी गरेको हो ।
यो आदेशपछि आयोगको निर्देशक सिफारिस प्रक्रिया स्थगन हुने भएको छ।
निर्देशक छनोट समितिले आवेदन आह्वान गरेर १२ जनालाई सर्टलिस्ट गरिसकेको थियो । सो छनोट प्रक्रियाप्रति असहमति जनाउँदै उच्च अदालतमा रिट परेको थियो।
रिटको प्रारम्भिक सुनुवाई गर्दै अदालतले बिहीबार दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो।
हेल्थपाटी 
तपाईँको अभिमत