चिकित्सा शिक्षा आयोगको निर्देशक छनोट : उच्च अदालत पाटनद्वारा कारण देखाउ आदेश जारी
चिकित्सा शिक्षा आयोगको निर्देशक छनोट विवादमा उच्च अदालत पाटनले कारण देखाउ आदेश जारी गरेको छ।
रिटको सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायधिस लेखनाथ पौडेलको एकल इजलासले चिकित्सा शिक्षा आयोगका नाममा कारण देखाउ आदेश जारी गरेको छ। अदालतले दुवै पक्षलाई छलफलमा बोलाएको छ।
चिकित्सा शिक्षा आयोगले निर्देशकका लागि सार्वजनिक गरेको प्रारम्भिक सुचीमा असहमति जनाउँदै उच्च अदालत पाटनमा रिट परेको थियो।
आयोगमा निर्देशकको चारवटा पदका २० जनाको आवेदन परेको थियो । तर आयोगले आइतबार अल्पसूची भन्दे १२ जनाको नाम सार्वजनिक गरेपछि सो प्रक्रिया विवादमा परेको थियो ।
उच्च अदालतमा रिट परेपछि समितिले आजका लागि तय गरेको प्रस्तुतिकरण तथा अन्तर्वार्ताको काम स्थगित गरेको थियो ।
समितले मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी तीन वटा निर्देशनालय र एक बोर्डमा निर्देशक नियुक्तिका लागि नाम सिफारिस गर्ने छ।
निर्देशक सिफारिस समितिले तीन चरणमा लिने गरी बनाएको तालिका सार्वजनिक गरेको थियो । तर अन्तिम समयमा स्थगित गरियो ।
समितले मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी तीन वटा निर्देशनालय र एक बोर्डमा निर्देशक नियुक्तिका लागि नाम सिफारिस गर्ने छ।
समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाल र सदस्यहरुमा प्राडा रमेशकान्त अधिकारी र प्राडा बुद्धिबहादुर थापा रहनुभएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत