बेलायतमा नयाँ प्रकारकाे कोरोना भेटियो, खोपले काम नगर्ने ?
लन्डन । बेलायतमा फरक किसिमको कोरोना भाइरस भेटिएको छ । स्वास्थ्यमन्त्री म्याट ह्यानककले सोमबार बेलायतको दक्षिण क्षेत्रमा हजारभन्दा बढी मानिसमा नयाँ किसिमको कारोना भाइरस भेटिएका बताउनुभएको छ ।
नयाँ किसिमको कोरोना भाइरस भेटिएसँगै हालसम्म निर्माण गरिएका खोपले काम गर्ने नगर्ने भन्ने बारे चासो बढेको छ । कस्तो छ नयाँ कोरोना भाइरसको अवस्था ?
बेलायतको दक्षिणी सहरमा पाइएको नयाँ किसिमको कोरोना भाइरस तीव्र गतिमा फैलिएको बताइएको छ । मन्त्री ह्यानककले पहिलेको भन्दा कयौँ गुणा छिटो भाइरस फैलिएको बताउनुभयो । उहाँका अनुसार यसको परिणाम कति खराब हुन्छ भन्ने कुरा अझै आँकलन गर्न सकिएको छैन ।
निर्मित खोप प्रभावकारी हुन्छ ?
नयाँ किसिमको कोरोना भाइरस भेटिए पनि विज्ञहरूले भने हाल निर्मित खोपले काम गर्नुपर्ने बताएका छन् । युनिभर्सिटी अफ सिड्नीका विज्ञ एडी होम्सले नयाँ भाइरसको असर अहिले नै कस्तो हुन्छ भनेर विश्लेषण गर्नु हतार हुने बताउनुभयो । तैपनि यो फरक चाहिँ पक्कै रहेको उहाँले बताउनुभयो ।
यो नयाँ भाइरसले खोपको प्रभावकारीतामा असर गर्ने अझै कुनै कारण नरहेको उहाँले बताउनुभएको छ । साथै असर गरे पनि खोप परिमार्जन गर्न त्यति गाह्रो नहुने उहाँले बताउनुभयो ।
यसअघि डेनमार्कमा भएको एक अध्ययन अनुसार कोरोना भाइरस (सार्स - कोभ - २ ) को नयाँ विशेष स्ट्रेनको जिन (क्लस्टर -५) पत्ता लागेको थियाे ।
हेल्थपाटी 

तपाईँको अभिमत