४ दिनमा देशभर ५ हजारभन्दा बढी डेंगी संक्रमित थपिए,कास्कीमा सबैभन्दा धेरै
कास्कीमा ७ हजार ८० जनालाई डेंगी संक्रमण भएको छ।

पछिल्लो ४ दिनमा देशभर ५ हजारभन्दा बढी डेंगी संक्रमित थपिएका छन् ।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पछिल्लो ४ दिनमा ५ हजार ७१ जनालाई डेंगी संक्रमण भएको जनाएको छ । योसँगै विगत १० महिनामा २७ हजार १५३ जनालाई डेंगी संक्रमण पुष्टि भएको छ । हालसम्म ११ जनाको मृत्यु भएको छ ।
सबैभन्दा धेरै कास्कीमा ७ हजार ८० जनालाई डेंगी संक्रमण भएको छ । कास्कीमा मात्रै ४ दिनमा ३ हजार ८९२ जना संक्रमित थपिएका छन् ।
अहिलेसम्म काठमाडौंमा ४ हजार ६०, तनहुँमा २ हजार १९९ ,पर्वतमा १ ह्जार ६६३,ललितपुरमा १ हजार ६०, चितवनमा १ हजार ५७ जनालाई डेंगी पुष्टि भएको छ ।
हुम्लाबाहेक सबै जिल्लामा डेंगी संक्रमण देखिएको छ । विज्ञहरुका अनुसार लगभग अझै ३ हप्ता डेंगीको जोखिम रहेको भन्दै लामखुट्टेबाट जोगिन सचेत गराएका छन् ।
गत वर्ष ५२ हजार ७९० जनामा डेंगी संक्रमण र २० जनाको मृत्यु भएको पुष्टि भएको थियो ।
विज्ञहरुका अनुसार डेंगी सार्ने लामुखट्टेलाई अण्डा वृद्धि विकास गरी वयस्क बन्न ५ दिनभन्दा बढी जमेको सफा पानी चाहिन्छ ।
डेंगी एडिसएजिप्टाई जातको लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हो । एडिस जातको लामखुट्टे शरीर तथा खुट्टामा सेतो थोप्लाहरू भएको सानो र कालो रंगको हुन्छ । रंग र आकारको कारण यसलाई हत्तपत्त देखिँदैन ।
तपाईँको अभिमत