हुम्लाबाहेक सबै जिल्लामा डेंगी संक्रमण, ११ जनाको मृत्यु
लाखखुट्टेको टोकाईबाट सर्ने डेंगी संक्रमण ७६ वटा जिल्लामा पुगेको छ । कर्णाली प्रदेशको हुम्लामा बाहेक सबै जिल्लामा डेंगी संक्रमण देखिएको छ ।
गएको १० महिनामा डेंगीबाट ११ जनाको मृत्यु भएको छ भने २२ हजार ८२ जनालाई संक्रमण पुष्टि भएको छ ।
यो तथ्यांक ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)ले हिजो कार्तिक ६ गते प्रकाशित गरेको अद्यावधिक विवरणको हो ।
ईडिसिडीका अनुसार सबैभन्दा धेरै डेंगी संक्रमण पुष्टि काठमाडौं जिल्लामा भएको छ । तथ्यांक अनुसार कूल संक्रमित मध्ये १६.३ प्रतिशत ३५९४ जना संक्रमित काठमाडौं जिल्लामा रहेका छन् ।
त्यसपछि कास्कीमा ३ हजार १८८, तनहुँमा २ हजार १९५, पर्वतमा १ हजार ५८८, चितवनमा १ हजार २९, ललितपुरमा ९६८, बाग्लुङमा ८२१, गोर्खामा ७७२, भक्तपुरमा ६२४ र कैलालीमा ४०८ जनामा संक्रमण पुष्टि भएको छ ।
गत वर्ष ५२ हजार ७९० जनामा डेंगी संक्रमण र २० जनाको मृत्यु भएको पुष्टि भएको थियो ।
विज्ञहरुका अनुसार डेंगी सार्ने लामुखट्टेलाई अण्डा वृद्धि विकास गरी वयस्क बन्न ५ दिनभन्दा बढी जमेको सफा पानी चाहिन्छ ।
डेंगी एडिसएजिप्टाई जातको लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हो । एडिस जातको लामखुट्टे शरीर तथा खुट्टामा सेतो थोप्लाहरू भएको सानो र कालो रंगको हुन्छ । रंग र आकारको कारण यसलाई हत्तपत्त देखिँदैन ।
डेंगीको आरडिटी र रगतको जाँच गरेर परीक्षण गरिन्छ । ८० प्रतिशत व्यक्तिलाई डेंगीको लक्षण नै देखिदैन । २० प्रतिशत जतिलाई सामान्य लक्षण देखिन्छ । डेंगीको कुनै खास उपचार छैन । दुखाइ तथा लक्षणहरूको आधार उपचार गरिन्छ । डेंगीको उपचारमा खासगरि पारासिटामोलनै प्रयोग गरिन्छ । डेंगीको लक्षण देखिएपछि डाक्टरलाई नजचाई जथाभावी आइबु्रफेन र एस्पिरिन जस्ता औषधिहरूको प्रयोग नगर्न चिकित्सकहरूले सुझाव दिएका छन् ।
सामान्य लक्षण
९एक्कासी उच्च ज्वरो आउनु (१०२)डिग्री
९अत्याधिक टाउको दुख्नु
९आँखाको गेडी दुख्नु
९ढाड जोर्नीे तथा मांशपेशीहरू दुख्नु
९वाकवाकी लाग्नु,
९वान्ता हुनु
९ज्वरो आएको ३ देखि ५ दिनपछि शरीरमा रातो रातो बिमिराहरू देखा पर्नु
गम्भीर लक्षण
९अत्याधिक पेट दुख्नु
९लगातार वान्ता आइरहनु
९छिटो- छिटो सास फेर्नु
९गिजा वा नाकबाट रगत बग्नु
९थकान
९ वान्ता वा दिशामा रगत देखिनु
९ मुख सुख्खा हुनु
९ छालाको रंग पहेँलो हुनु
९ कमजोर महसुस हुनु
यस्ता लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्था पुग्नुपर्छ । संक्रमणमुक्त भइसकेपछि पनि लामोसमय सम्म थकानको महसुस हुनसक्छ ।
हेल्थपाटी
तपाईँको अभिमत