पाटन अस्पतालको सेवा नरोक्न प्रहरीको अपील
जिल्ला प्रहरी ललितपुरले पाटन अस्पतालको सेवा नरोक्न अपील गरेको छ ।
मंगलबार साँझ परिसरका प्रवक्ता एवं एसपी नवराज कार्कीले एक विज्ञप्ति निकालेर स्वास्थ्य उपचारको अत्यावश्यक सेवा सञ्चालन गर्न अपील गर्नुभएको हो ।
शनिबार पाटन अस्पतालमा जेष्ठ नागरिक वार्डमा रहेका कृष्णबहादुर नगरकोटी र जनमाया राईको मृत्यु भएको विषयलाई लिएर विवाद उत्पन्न भएको थियो ।
निमोनियाका बिरामी उनीहरूलाई एन्टिबायोटिक औषधि सुईमार्फत् दिएको पाँच मिनेटभित्रै मृत्यु भएको भन्ने आफन्तको आरोप छ। उनीहरूको मृत्यु भएपछि आफन्तले पाटन अस्पतालका चिकित्सकहरूमाथि हातपात एवं अभद्र व्यवहार गरेका थिए।
त्यसरी हातपात गरेको भन्दै चिकित्सकहरू आकस्मिकबाहेक सबै सेवाहरू ठप्प पार्दै आन्दोलनमा छन् । यस घटनाबारे सोमबार पाटन अस्पतालले पत्राचार गरेपछि प्रमाण संकलन गरी अनुसन्धान अघि बढाएको एसपी कार्कीले बताउनुभयो।
हेल्थपाटी 
तपाईँको अभिमत