कान्ति बालअस्पतालमा बिपन्नलाई आकस्मिक उपचार निशुल्क
काठमाडौं । कान्ति बाल अस्पतालले गरिब तथा विपन्न नागरिकहरुका लागि आकस्मिक उपचार सेवा निशुल्क कार्यक्रम सुरु गरेको छ ।
अस्पतालका निर्देशक डा.कृष्ण पौडेलले सरकारको नीति तथा कार्यक्रममा सम्बोधित गरिब तथा विपन्न नागरिकका लागि आकस्मिक उपचार निशुल्क कार्यक्रम कार्यान्वयन गरेको बताउनुभयो । उहाँका अनुसार अस्पतालमा गरिब तथा बिपन्नको प्रारम्भिक चरणको आकस्मिक उपचार गर्दा अब पैसा पर्दैन ।
कुनै पनि व्यक्ति पैसा नभएर आकस्मिक सेवा लिनबाट वञ्चित नहोओस् भन्ने उद्देश्यले चालु आर्थिक वर्ष २०७७/७८ देखि लागू हुने गरि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक सेवा कार्यक्रम कार्यान्वयन गर्ने तयारी गरेको थियो ।
सरकारले आकस्मिक उपचार निशुल्क कार्यक्रम वीर अस्पताल, मानसिक अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसूति गृह, नरदेवी आयुर्वेदिक अस्पताल, सिभिल अस्पताल, नेपाल पुलिस अस्पतालमा सुरु हुन बाँकी छ ।
हेल्थपाटी 

तपाईँको अभिमत