अस्पतालको भवनबाट खसेर चिकित्सकको मृत्यु
अ +
अ -
मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एक चिकित्सको अस्पतालको भवनबाट खसेर मृत्यु भएको छ । इन्टर्न चिकित्सक डा. अमित यादवको मृत्यु भएको हो ।
नोबेलको पाँचौ तलाबाट खसेर घाइते डा. यादवको उपचारका क्रममा मृत्यु भएको नोबेल अस्पताल प्रशासनले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आइतबार बिहान साढे छ बजेतिर मेडिकल कलेजको मुख्य गेटतर्फ रहेको भवनको पाँचौँ तलाबाट उहाँ खस्नुभएको थियो । उपचारका क्रममा उहाँको मृत्यु भएको थियो।
सप्तरीको राजविराज नगरपालिका–९, जगदरी निवासी उहाँको टाउकोमा गम्भीर चोट लागेको थियो ।
हेल्थपाटी 
तपाईँको अभिमत