अन्तर्राष्ट्रिय आप्रवासन दिवसमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान सम्पन्न
अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा “श्रम आप्रवासनका चक्रमा सुशासन : सुरक्षित, मर्यादित र सीपयुक्त आप्रवासन” भन्ने मूल नारासहित बृहत निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार नेपाल स्वास्थ्य व्यवसायी महासङ्घको कार्यालय, सिनामंगलमा कार्यक्रमको आयोजना गरिएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मूल आयोजना तथा नेपाल स्वास्थ्य व्यवसायी महासंघ, नेपाल मेडिकल व्यवसायी संघ र गाम्का नेपालको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो ।
शिविरमा कुल २३४ जनाले सेवा लिएका थिए । जसमध्ये १५४ जनाले सामान्य स्वास्थ्य परीक्षण, २१ जनाले स्त्रीरोग परामर्श, ५३ जनाले भिडियो एक्स–रे सेवा लिएका थिए । ३२ जनालाई औषधिसमेत दिइएको छ । त्यस्तै ५७ जनाले रक्तदान गगरेको नेपाल मेडिकल व्यवसायी संघका महासचिव तथा व्यवसायिक संयुक्त समितिका सह- संयोगजक कृष्णप्रसाद बजगाईँले जानकारी दिनुभयो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सबै सरोकारवाला पक्षले सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रमका अध्यक्ष कैलास खड्काले व्यवसाय क्षेत्रप्रति देखिएका विवादका विषयमा कानुनी राज्यमा न्याय पाइने विश्वास व्यक्त गर्नुभयो ।
हेल्थपाटी 
तपाईँको अभिमत