बयोधा घटना : मृतक युवाको परिवारलाई आजीवन स्वास्थ्योपचार गर्ने सहमति
बयोधा अस्पतालमा मृत्यु भएका केपिलासगढी–४, खोटाङका प्रभिसन राईको परिवारलाई आजीवन स्वास्थ्योपचार गर्ने सहमति भएको छ ।
खोटाङका राजनीतिक दलका प्रतिनिधि तथा अगुवाको रोहबरमा अस्पताल र आफन्तबीच दुई बुँदे सम्झौता भएको हो । सम्झौताअनुसार अस्पतालले मृतक राईका आमाबुवा र एक दिदीको उपचार गर्नेछ । त्यस्तै अर्का एक जना भाइको समेत अस्पतालले आजीवन उपचार गर्नेछ ।
अस्पतालले शव खोटाङसम्म लैजान हेलिकोप्टरको व्यवस्था मिलाउने सम्झौतामा उल्लेख छ ।
सम्झौतासँगै आफन्तले शव बुझेका छन् ।
मंगलबार इमर्जेन्सीमा उपचार गर्न आएका राईको मृत्यु भएपछि चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै आफन्तले आन्दोलन गरिरहेका थिए । आफन्तका अनुसार राईको घाँटी सामान्य दुखेपछि अस्पताल पुगेका थिए ।
इमर्जेन्सीमा कुनै औषधि नगरी नै वार्डमा बसेका उनको अचानक बिहान ३:५२ बजे मृत्यु भएको थियो ।
हेल्थपाटी 
तपाईँको अभिमत