वृद्धालाई बोकेर खोप केन्द्र लैजाने स्वास्थ्यकर्मी लिला थापालाई सेवा सम्मान
अ +
अ -
गुल्मीकी महिला स्वास्थ्य स्वयंसेविका लिला थापाले स्वास्थ्य सेवा सम्मान पाउनुभएको छ ।
स्वास्थ्य सेवा दिवसको अवसरमा उहाँ सम्मानित हुनु भएको हो । केही समय अगाडि उहाँले वृद्ध महिलालाई बोकेर कोभिड- १९ विरुद्धको खोप लगाउन लैजाँदै गरेको उहाँको तस्बिर निकै भाइरल भएको थियो ।
उहाँले गुल्मी दरबार गाउँपालिका- ३ धारापानीकी ८० वर्षकी देवीकला टण्डनलाई बोकेर खोप लगाउन लैजानुभएको थियो ।
लिला थापा २०७१ सालदेखि स्वास्थ्य स्वयंसेविको जिम्मेजारी लिएर उहाँले गाउँमा सेवा दिँदै आउनुभएको छ।
२४ औं राष्ट्रिय स्वास्थ्य सेवा दिवस ‘गुणस्तरीय स्वास्थ्य सेवा र हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ नेपालभरि विभिन्न सचेतना कार्यक्रमसहित मनाइँदै छ ।
हेल्थपाटी 
तपाईँको अभिमत