मेडिकल अधिकृतलाई ज्यालादारीमा काम लगाउन पाइदैन : चिकित्सक संघ

फाइल फोटो
नेपाल चिकित्सक संघले मेडिकल अधिकृतलाई ज्यालादारीमा काममा लगाउन नपाउने भन्दै कानुनअनुसार उनीहरुको पदपूर्ति गर्न माग गरेको छ ।
चैत्र २ गते भरतपुर अस्पतालले कर्मचारी आवश्यकता सम्बन्धी निकालेको सूचनामा मेडिकल अधिकृत ८ औं तह लाई मासिक ज्यालादारीमा पदपूर्ति गर्ने उल्लेख गरिएको थियो ।
संघले विज्ञप्ति निकालेर उक्त सूचनाप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । स्वास्थ्य सेवा जस्तो संवेदनशिल क्षेत्रमा सेवा गर्न चाहने बिशेषज्ञ चिकित्सकको सुरुको नियुक्ति ९ औं तहबाट हुने प्रचलित ऐन, कानुन विपरित मसिक ज्यालादारीमा पदपूर्ति गर्नगरि निकालिएको सूचना अबिलम्ब सच्याउन संघले माग गरेको छ ।
'चिकित्सकीय पेशालाई नै हतोत्साहित गर्ने गरी त्रुटीपूर्ण पदपूर्ति सम्बन्धि सूचनाले चिकित्सकहरुको मनोबलमा गम्भीर असर पुर्याएको छ ।' विज्ञिप्तमा भनिएको छ ।
चिकित्सकीय तथा स्वास्थ्य सेवाको संवेदनशिलतालाई उच्च प्राथमिकतामा राख्दै चिकित्सकलाई स्वास्थ्य सेवाप्रति आकर्षित गराउने उद्देश्य बमोजिम पदपूर्तिको सूचना निकाल्न संघले माग गरेको छ ।
bharatpur jyaladari 2079-12-07
यसैबीच, निजामती कर्मचारी अस्पतालले चिकित्सकलाई स्थायी पदपूर्तिका लागि आव्हान गरेको विज्ञापनप्रति पनि संघले विरोध जनाएको छ । निजामती अस्पतालका चिकित्सकहरु विज्ञापनको विरोधमा आन्दोलनमै उत्रिएका छन् ।
अस्पतालले फागुन ३० गते एमडी/एमएस /एमडीएस चिकित्सकलाई स्थायी पदपूर्तिका लागि विज्ञापन प्रकाशित गरेको थियो । उक्त विज्ञापन तहगत घटुवा गरी निकालिएको भन्दै चिकित्सक संघले आपत्ति जनाएको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत